मन्त्री रोएपछि आत्महत्याको प्रयास !


२४ साउन, काठमाण्डौ – सामान्यतयाः जीवनदेखि वाक्क लागेर, धोका खाएर वा हारेर मानिसले हत्या गर्ने गरेको भेटिएको हो । तर, नेपालमा भने अनौठो भएको छ । बहालवाला सरकारका एक मन्त्री सार्वजनिक स्थानमा रोएपछि अर्का एक नेपालीले आत्महत्याको प्रयास गरेका छन् । आत्महत्याको प्रयास गर्ने सर्वसाधारण हैनन, फिल्म र वास्तविक जीवनको फरक राम्ररी बुझेका चलचित्र निर्देशक ज्ञानेन्द्र देउजा हुन् ।

करिव दुई साताअघि बिष सेवन गरि आत्महत्याको प्रयास गरेका देउजा यतिबेला राष्ट्रवैैंकको पुरानै काममा फर्किएका छन, फिल्म लाइनका साथीभाई पनि भेटिरहेका छन् । तर, उनले आफुले आत्महत्या गर्न खोज्नुको कारण भने अनौठो पेश गर्न थालेका छन् ।

देउजाका अनुसार आफुले निर्देशन गरेको फिल्म मुनामदन हेर्न बहालवाला उर्जामन्त्री पोष्टबहादुर बोगटीले रुची देखाएछन् । गोपीकृष्ण हलमा सिनेमा हेर्ने बन्दोबस्ती मिलाएका देउजाले सँगै बसेर मुनामदन हेरेछन् । फिल्म हेर्दा यी माओवादी मन्त्री त क्वाँ क्वाँ रुन थालेछन् । त्यो देखेर निर्देशक देउजाको मनमा पनि पागलपन सवार भएछ ।

यो घटनाको केही दिनपछि अर्थात साउन ८ गते उनी बाथरुम छिरेपछि जिन्दगीदेखि दिक्दार लागेछ । बाँचेर अब के नै गर्नु छ र ? मनमा खेलेको बिरक्ति सुनाउँदै देउजाले जनआस्था साप्ताहिकसँग भने- मेरो मनमा यस्तो पागलपन सवार हुन थाल्यो कि अहिल्यै मरिहालौं जस्तो लाग्यो ।’

उनी अफिस गएछन, फर्किएछन, श्रीमतीलाई माइती पुर्‍याएछन र मोटरसाइकल लिएर गोकर्ण जंगलतिर गएछन् । बिच बाटोमा बिष किनेछन, यत्तिकै पिउन नसकिएला भनेर रेडबुल पनि किनेछन् । बिष पिउनुअघि छोरीलाई फोन गरेर भनेछन- मम्मीलाई भन्दिनु, मलाई बाँच्न मन छैन, मर्न लागेको ।’ तर छोरीलाई ठट्टा गरेजस्तो लागेछ फोन काटिदिइन् । उनले बिष पिए । ‘तर बेहोस भइएला भनेको वान्ता पो भयो’- देउजाले सुनाए- छेउछाउका मान्छेले के अस्पताल लिएर गए, म बेहोस भएकै थिइन, सवै कुरा थाहा पाएको थिएँ ।’

आफु क्यासिनोमा हारेर आत्महत्या गर्न नखोजेको दावी उनको छ ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.