सचिवहरुको सरुवा र पदस्थापन हुँदै


गृहसचिवमा नविन घिमिरे ल्याउने तयारी
२३ साउन, काठमाण्डौ – मुख्य सचिव छनौट प्रकृयामा असन्तुष्टी जनाउँदै ५ जना सचिवहरुले राजीनामा दिएपछि खाली भएका मन्त्रालयहरुमा सरकारले सरुवा तथा पदस्थापन गर्दै छ । मन्त्रिपरिषद्को आज बस्ने वैठकले सचिवहरुको सरुवा र पदस्थापन गर्ने स्रोतले जनाएको जनाएको छ ।

आइतवार साँझ माओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मुख्य सचिव लिलामणि पौडेलवीच भएको छलफलमा ६ जना सचिवको सरुवा तथा पदस्थापन गर्ने सहमति भएको बताइएको छ । हाल वन सचिव रहेका नविन घिमिरेलाई गृह सचिव बनाइने भएको छ । लामो समय गृह मन्त्रालयमा बिताएका घिमिरे यसअघि तीन बर्षसम्म रक्षा मन्त्रालयमा सचिव थिए ।

स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयका सचिव धरणीधर खतिवडालाई बन मन्त्रालयमा सरुवा गरिने भएको छ भने संचारमा महिला बालबालिका मन्त्रालय सचिव बालानन्द पौडेललाई संचार मन्त्रालयमा ल्याइने प्रस्ताव गरेको भएपनि पौडेलले नमानेको बताइएको छ । संचार सचिव अबनिन्द्रकुमार श्रेष्ठ बिदामा बसेपछि संचार मन्त्रालय सचिवबिहीन थियो ।

सरकारले बृन्दा हाडा र ताना गौतमलाई आर्कषक मन्त्रालयमा लैजाने प्रस्ताव गरेपनि उनीहरुले अस्वीकार गरेका छन् । ‘यसको मतलव उनीहरुले पनि राजीनामा गर्ने सम्भावना बढि देखियो’- स्रोतले भन्यो । मुख्य सचिव बढुवाप्रति असहमति जनाउँदै ६ जना सचिवले सोमबार मुख्य सचिवले बोलाएको वैठक बहिस्कार गरेका थिए ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.