“नौलो कुराहरु सबै यहाँ बाट सुरु हुन्छ” भन्ने नारा बोकेको कम्पनी मेरो सर्भर इन्टरनेसनल ले हालै नयाँ सेवा बजारमा लयाएको छ जुन सेवा बाट अब बिदेसमा रहनुहुने नेपालीहरुले नेपालमा रहेका आफ्ना आफन्तहरुको मोबाईलमा ब्यालन्स हाल्न सक्ने भएका छन। कम्पनीका एक अधिकारिले भनेका छन पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/08/2012
अब बिदेस बाट नै नेपालमा रहनुहुने तपाईंको परिवारको मोबाईलमा ब्यालन्स हाल्न सकिने
Posted in विज्ञान प्रविधि
केटाहरु स्कर्ट लगाएर क्याम्पसमा…..
दुनियामा सबै रंगढंग बदलिइरहेको छ भने बेलायतको विश्वचर्चित अक्सफोर्ड विश्वविद्यालयको पोशाक संहिता -ड्रेस कोड) नबदलिने कुरै भएन ।बदलिँदो संसारमा आफुलाई पनि ढाल्नकै लागि होला अक्सफोर्डले हालै जो नियम बनाएको छ त्यसले छात्रछात्राले लगाउने सामान्य पोषाकमा ठिक ३६० डिग्रीको फरक ल्याउनेवाला छ । अक्सफोर्ड प्रशासनले बनाएको नयाँ नियम अनुसार अब उक्त युनिभर्सिटीमा पढ्ने केटाहरुले स्कर्ट लगाउनेछन् र केटीहरु सूट तथा टाइमा ठाँटिनेछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in रोचक समाचार
पूर्वका ९ जिल्लामा बन्द
रमेशचन्द्र अधिकारी
धनकुटा, श्रावण २२ – ऐतिहासिक लिम्बुवान राज्य खोसिएको दिनको रुपमा स्मरण गर्दै जनमुक्ति पार्टी अन्तर्गत लिम्बुवान राज्य परिषद्ले आज अरुण पुर्वका ९ जिल्ला बन्द आव्हान गरेको छ । पृथ्वी नारायण शाहले एकिकरण गर्नेक्रममा आजको दिन अर्थात साउन २२ गते तत्कालिन लिम्बुवान राज्य खोसेको विरोध स्वरुप यसलाई कालो दिनको रुपमा लिइने गरिएको परिषदका केन्द्रीय सचिव विष्णु थामदेनले जानकारी दिए । परिषदले अरुण पुर्वका धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङ बन्द आव्हान गरेको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
प्रसन्न हुँदै फर्किए ज्ञानेन्द्र, अब झापा र पोखरा
करिव तीन साता लामो युरोप भ्रमण सकेर पूर्व राजा ज्ञानेन्द्र शाह शनिवार नेपाल फर्किएका छन् । युरोप जाने क्रममा मलिन अनुहार लिएर गएका ज्ञानेन्द्र फर्किंदा भने निकै प्रफुल्ल मुद्रामा रहेको सोमबार प्रकाशित साँघु साप्ताहिक र नयाँ पत्रिका दैनिकले छापेका छन् । युरोप रहँदा युरोपेली नेताहरुसँग भेटवार्ता गरेका शाहले नेपालीहरुसँग भने निकै कम भेटेको र पहिले भेट्नेहरुले पनि यसपटक भेट नपाएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अधिकांश सभापति इन्टरनेट चलाउँदैन्
मनोज अधिकारी, पोखरा, साउन २२ – नेपाली कांग्रेसका अधिकांश जिल्ला सभापति इन्टरनेट नै चलाउँदैनन्। २० प्रतिशत जिल्ला सभापतिले मात्र इन्टरनेट चलाउने खुलेको छ। कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा गरेको तीनदिने प्रशिक्षणका क्रममा थाहा भयो- सूचनाप्रविधिमा जिल्ला सभापति धेरै पछाडि छन्। प्रशिक्षणमा कांग्रेसका ७५ जिल्लाकै सचिव सहभागी छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
राष्ट्रपतिको चेतावनी : असफल मुलुक बन्ला
बालकृष्ण अधिकारी, काठमाडौं, साउन २२ – दलका नेताहरूलाई राष्ट्रपति रामवरण यादवले तत्काल राजनीतिक संकट समाधान नगरे मुलुक असफल राष्ट्र बन्ने चेतावनी दिएका छन्। राजनीतिक संकट समाधान’bout पटकपटक दलका नेतालाई सुझाए पनि समाधान नभएपछि तत्कालीन संविधानसभामा सहभागी सबै दलका नेतालाई शीतलनिवास बोलाएर आइतबार उनले भने, ‘तत्काल समस्या समाधान गर्नुस्, हैन भने विदेशी हस्तक्षेप बढ्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार