नारायण खडका
अष्ट्रेलिया, श्रावण २१ – एक सातापछि हुने यू–१९ विश्वकप क्रिकेट खेल्न नेपाली क्रिकेट टोली अष्ट्रेलिया पुगेको यहाँको नेपाली दुतावास र नेपाली महावाणिज्यदुतावासलाई कुनै औपचारिक जानकारी भएको छैन । नेपाली टोली विश्वकप क्रिकेट खेल्न एकसाता अघिनै यहाँस्थित डार्बिन आइसकेको छ । उनीहरुले यहाँको स्थानीय क्लबसँग दुईपटक खेल समेत खेली सकेका छन् । तर, यसको औपचारिक जानकारी पनि दुतावासलाई नभएको दुतावासका पदाधिकारीहरुले बताएका छन् ।
नेपाली क्रिकेट टोलीबाट औपचारिक पत्र वा कुनै जानकारी नपाएको भन्दै दुतावासका कर्मचारी आश्चार्य भएको बताए । उनीहरुले भने, ‘विश्वकप जस्तो खेल खेल्न आएको नेपाली टोलीका ’boutमा कुनैपनि जानकारी छैन । यो अवस्थामा केही गर्न समेत सकिन्दैंन ।’
अष्ट्रेलियास्थित नेपाली दुतावासका उप– नियोग प्रमुख लोकबहादुर कार्कीले पनि अहिलेसम्म नेपाली क्रिकेट टोली अष्ट्रेलिया आएको जानकारी दुतावसामा नपाएको बताएका छन् । ‘हामीले पाएको जानकारी पत्रिकाहरुबाट मात्र हो, उनले इकान्तिपुरसँग भने, ‘यसबाहेक दुतावासलाई औपचारिक रुपमा कुनै पनि जानकारी छैन ।’
यस्तै यहाँ रहेको महावाणिज्यदुतावासले पनि यस’boutमा कुनै जानकारी नआएको बताएको छ । सिड्नीमा रहेका महावाणिज्यदुत दिपक खडकाले पनि यस’boutमा कुनै जानकारी नआएको बताए । हामीले पनि सुनेको मात्र हो, उनले भने, ‘यहाँ आएपछि हामीले कुनै सहयोग गर्न परे सहयोग गर्न तयार छौं ।’
औपचारिक रुपमा कुनैपनि जानकारी नआएका कारण सोचे जस्तो क्रिकेट टोलीलाई सहयोग गर्न सक्ने अवस्था नभएको उप नियोग प्रमुख थापाको भनाइ छ । ‘हामी पनि हाम्रो टिमलाई सहयोग गर्न तयार छौं, तर, औपचारिक रुपले कुनै जानकारी नआएकोले समस्या भएको छ ।’ थापा भन्छन् ।
विश्वकप क्रिकेट खेल्न आएको नेपाली यू–१९ टोलीले दुई दिनसम्मको प्रशिक्षण खेल डार्बिनको स्थानीय क्लबसँग खेली सकेको छ । आज आइतबार ब्रिसबन जाँदैछ । त्यहाँ टोलीले केही दिनपछि न्युजिल्याण्ड र पपुवा न्युगिनीसँग वार्म अप खेल खेल्नेछ ।
अगस्टको ११ तारिखदेखि अष्ट्रेलिया, इङ्गल्याड र आयरल्याण्डसँग प्रतिष्पर्धाका खेलहरु खेल्नेछ । जसका लागि नेपाली टोली पूर्णरुपमा तयार रहेको नेपाली टोलीका म्यानेजर किरण रानाले इकान्तिपुरलाई जानकारी दिए । ‘हामी यहाँ पूर्णरुपमा तयार भएका छौं, रानाले भने,‘ अहिलेसम्म नेपाली दुतावास र महावाणिज्यदुतावासबाट कुनै सहयोग पाएको छैन ।’ उनले नेपाली टोलीले पूर्णरुपमा तयार रहेकाले यसपाली उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरे ।
Source: ekantipur
waaat a shocking news……….