बारामा आगलागी, चार घर र दुई चौपाया जले


बारा, श्रावण २१ – जिल्लाको भतौडा ३ ब्रह्मपुरीमा आइतबार बिहान आगलागी हुँदा चार घर र दुई चौपाया जलेका छन् । सोही आगलागीमा परी स्थानीय चार युवक र एक चौपाया समेत घाइते भएका छन् ।आगलागीमा परी स्थानीय ३४ वर्षीय राजेश पटेल, २९ वर्षीय सदाशंकर साह, ३८ वर्षीय कन्हाई साह, ३७ वर्षीय रामायण राउत कुर्मी जलेर घाइते भएका हुन् ।

उनीहरूमध्ये अधिकांशको हात, खुटा लगायत शरीरको विभिन्न भागमा आगोले पोलेको स्थानीय अम्बिका पटेलले जानकारी दिए । उनीहरूको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।गाउँमा बिहान भएको आगलागीलाई असवधानी पूर्वक नियन्त्रण गर्ने क्रममा उनीहरू घाइते भएका हुन् ।आगलागीमा परी स्थानीय राजेश पटेल, विन्दा साह तेली, सुरेश पटेल र धुरी साहको घर जलेर नष्ट भएका छन् ।घरसँगै राजेशको दुईवटा भैंसी जलेर खरानी हुनुका साथै एउटा भैंसी जलेर गम्भीर घाइते भएको पीडितले बताएका छन् । आगलागीमा उनको ३ लाखको नोक्सान भएको छ ।सोही आगलागीमा विन्दाको ना१प ५१२७ नम्बरको मोटरसाइकल, ४ थान साइकल, स्पेयर टंकी लगायतको धनमाल गरी करिब दुई लाखको नोक्सान भएको छ ।यसै गरी सुरेशको घरमा राखिएका दुई थान साइकल, लता कपडा, भाँडाकुँडा लगायतका गरी एक लाख बराबरको नोक्सान भएको छ ।धुरीको फुसको घर जल्नुको साथै पक्की घरमा समेत आगोले क्षति पुर्‍याउँदा करिब एक लाखको नोक्सान भएको छ ।मच्छर धपाउन बालिएको धुपबाट आगो सल्केर बिहान सवा दुई बजे स्थानीय राजेशको घरबाट आगलागी सुरु भएको स्थानीय दिनेश पटेलले जानकारी दिए ।आगलागीलाई नियन्त्रण गर्न घन्टौंसम्म जिल्ला प्रहरी कार्यालय बाराको आपतकालीन फोन नं. १०० र कलैया नगरपालिकाको वारुण यन्त्रणको फो नं. ०५३५५०४३० नम्बरमा फोन गर्दा फोन नउठेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।प्रहरी र दमकलको फोन नउठेपछि जिल्ला प्रहरी कार्यालयबाट करिब अढाई किलोमिटरको दुरीमा रहेको आगलागी स्थलबाट दौडेर केही युवाहरू कलैयाको मुख्य चोकमा रहेको सशस्त्र प्रहरीको गस्ती टोलीलाई आगलागी’bout जानकारी गराएका थिए ।घटना’bout जानकारी पाएको सशस्त्रले प्रहरीले उत्तरझिटकैयस्थित रहेको सशस्त्र प्रहरीको बेसलाई जानकारी गराए लगतै घटनास्थलमा पुगेको सशस्त्र प्रहरी बल सुरक्षा बेस उत्तरझिटकैयाका प्रमुख ध्रुवप्रसाद भटको नेतृत्वको टोलीले आगलागी नियन्त्रणमा स्थानीयलाई सघाएको थियो ।आगलागी नियन्त्रणमा आइसकेपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको टोली घटना स्थलमा बिहान साढे ३ बजे पुगेको स्थानीयले बताए ।सोही क्रममा कलैया नगरपालिकामा पुगेका स्थानीय युवाले किन फोन नउठाएको भनी अग्नी नियन्त्रण टोली दलका सदस्य मंजुर अन्सारीसँग प्रश्न गर्दा उनले फोनको रिसिभर नै छैन कसरी फोन ’bout थाहा पाउने जवाफ फर्काएको स्थानीय दीपेन्द्र कुशवाहाले बताए ।समयमा प्रहरी र अग्नी नियन्त्रक दलका कर्मचारीले फोन नउठाउँदा आगलागी समयमा नियन्त्रण गर्न कठिनाई भई यस्तो ठूलो परिमाणमा जनधनको क्षति हुन पुगेको पीडितले आरोप लगाएका छन् ।प्रहरी र दमकल सञ्चालन गर्ने कर्मचारीको गैरजिम्मेवारीपन कामले गर्दा आफूहरु यसरी बढी क्षति बेहोर्नु परेको पीडितले गुनासो गरे ।

Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.