Daily Archives: 05/08/2012

बारामा आगलागी, चार घर र दुई चौपाया जले


बारा, श्रावण २१ – जिल्लाको भतौडा ३ ब्रह्मपुरीमा आइतबार बिहान आगलागी हुँदा चार घर र दुई चौपाया जलेका छन् । सोही आगलागीमा परी स्थानीय चार युवक र एक चौपाया समेत घाइते भएका छन् ।आगलागीमा परी स्थानीय ३४ वर्षीय राजेश पटेल, २९ वर्षीय सदाशंकर साह, ३८ वर्षीय कन्हाई साह, ३७ वर्षीय रामायण राउत कुर्मी जलेर घाइते भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

यू–१९ विश्वकप क्रिकेट खेल्न पुगेका नेपाली टोली’bout दुतावास बेखबर


नारायण खडका
अष्ट्रेलिया, श्रावण २१ – एक सातापछि हुने यू–१९ विश्वकप क्रिकेट खेल्न नेपाली क्रिकेट टोली अष्ट्रेलिया पुगेको यहाँको नेपाली दुतावास र नेपाली महावाणिज्यदुतावासलाई  कुनै औपचारिक  जानकारी भएको छैन । नेपाली टोली विश्वकप क्रिकेट खेल्न एकसाता अघिनै यहाँस्थित डार्बिन आइसकेको छ । उनीहरुले यहाँको स्थानीय क्लबसँग दुईपटक खेल समेत खेली सकेका छन् । तर, यसको  औपचारिक जानकारी पनि दुतावासलाई नभएको दुतावासका पदाधिकारीहरुले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अविवाहितका १९ सन्तान


२१ साउन, काठमाण्डौं – असामान्य अवस्थाका विद्यार्थीलाई १० बर्षदेखि बोल्न, हिँड्न, पढ्न र जीवन बाँच्न सिकाउँदै रमाईरहेकी छिन् सुधा सिल्वाल । काभ्रे, खरेलथोक-४ स्थित भगवती उच्चमाविको ‘समाहित शिक्षा कार्यक्रम तथा सुस्त मनस्थिति पुनस्थापना केन्द्र’की शिक्षिका सुधा सोही विद्यायकी प्राथमिक शिक्षिका हुन् । उनी सुस्त मनस्थिति भएका १९ विद्यार्थीको रेखदेख गर्दै आएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

उपराष्ट्रपतिको सचिवालयमा छोरा सचिव, बुहारी उपसचिव


२१ साउन, काठमाण्डौं – उपराष्ट्रपति परमानन्द झाले स्वकीय सचिवालयमा आफ्नै परिवारका सदस्यहरुलाई नियुक्त गर्नुभएको छ । उहाँले छोरालाई सचिव, बुहारीलाई उपसचिव र सहसचिवमा भतिजालाई नियुक्त गर्नुभएको हो । उपराष्ट्रपति झाको स्वकीय सचिवालयमा सचिव, सहसचिव, उपसचिवसहित ६ जना रहने व्यवस्था रहेको छ । उनीहरुले नेपाल सरकारका कर्मचारी सरह तलब सुविधा पाउने गरेका छन् । निजी सचिवालयमा भने तीन जना सरकारी कर्मचारी रहने व्यवस्था छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिसँग २७ दलका नेता छलफलमा


काठमाडौं, साउन २१  – राष्ट्रपति डा. रामवरण यादवले २७ दलका नेताहरुलाई आज बैठक बोलाएका छन्। चुनाव हुन नसक्ने परिस्थितिको निर्माण हुँदै गएको सन्दर्भमा राष्ट्रपति यादवले प्रमुख दलका नेता तथा साना राजनीतिक दलका अध्यक्षहरुलाई आफ्नो निवासमा छलफलका लागि बोलाएका हुन्। छलफलमा प्रधान मन्त्री बाबुराम भट्टराईसमेत सहभागी छन्। आज बिहानैदेखि उनले छलफलका लागि बोलाएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

परराष्ट्र मन्त्रालय र भन्सार विभागको साइट ह्याक


काठमाडौँ, साउन २१ – परराष्ट्र मन्त्रालय र भन्सार विभागको साइट ह्याक भएको छ। परराष्ट्र मन्त्रालयको mofa.gov.np साइटको गृहपृष्ठमाथि नै ह्याकरले कब्जा जमाएका छन्।  गृहपृष्ठमा ‘इन्डोनेसियाली आक्रमण’ भएको उल्लेख गरिएको छ।  त्यसैगरी अर्थ मन्त्रालय अन्तर्गत रहेको भन्सार विभागको customs.gov.np पनि ह्याक भएको छ। सोही इन्डोनेसियाली समूहले यो साइटको पेजलाई बिगारेका छन्। परराष्ट्र मन्त्रालयको साइट जस्तै पूरै साइटमाथि नियन्त्रण नजमाए पनि यो साइटको गृहपृष्ठ बिगारेर आफ्नो सन्देश त्यो समूहले राखेको छ। पढ्नेक्रम जारी राख्नुहोस्