बुद्ध एयरको जहाजमा चरा ठोक्कियो


सुशील भट्टराई, काठमाडौं, साउन १८ – बुद्ध एयरको काठमाडौबाट विराटनगर उडेको जहाजमा चरा ठोक्किएको छ । विराटनगर विमानस्थलमा अवतरण गर्नै लाग्दा आज बिहान साढे आठ जहाजमा चरा आएर ठोक्किएको हो । क्याप्टेन यशोधरा थापाको कमान्डमा उडेको उक्त जहाजको दायाँ पखेटाको ब्लेडमा चरा ठोक्किएको त्रिभुवन अन्तर्ष्ट्रिय विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

 
उनका अनुसार चरा ठोक्किएपछि ब्लेडमा क्षति पुगेको छ । जहाजको एकातर्फ छ वटा ब्लेड हुन्छ । त्यो मध्ये एउटा ब्लेड कुच्चेका हो ।
‘त्यसबाट इन्जिनमा समेत क्षति पुगेको हुन सक्छ,’ उनले नागरिकन्युजसँग भने, ‘निरीक्षणाको लागि नागरिक उड्डयन प्राधिकरणाको टोली त्यस तर्फ जाँदै छ ।’
बुद्धका वरिष्ठ बजार प्रबन्धक रुपेश जोशीका अनुसार जहाजमा ७० यात्रु थिए । चालक दल सहित सबै यात्रु सकुशल रहेको उनले बताएका छन् । ९एन- एजेओ कलसाइन भएको ७२ सिटे एटिआर – ७२ मोडलको उक्त जहाजको क्षति निरीक्षण गर्न बुद्धको इन्जिनियरको टोली पनि विराटनगर गइसकेको छ । उनका अनुसार आज बुद्धको पहिलो उडान हो ।
‘ब्लेड कुच्चिएको छ । सामान विदेशबाट मगाएका छौं,’ उनले भने, ‘भोलि सम्म आउँछ । जहाज बनेपछि शनिबारबाट उड्छ ।’

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.