ईन्द्र भुसाल ,पोखरा
वर्षायमको लहर छदै नेपालमा चाडपर्वको सिजन सुरु हुन्छ । नागेपञ्चमी देखी सुरु भएको नेपाली चाडपर्वहरु तिहारमा गएर बिस्राम लिएको देखिन्छ भने तराई क्षेत्रमा छट पर्वलाई ठुलो चाडको रुपमा रहेको छ । चाडपर्वको सुरुवातको साथमा नेपाली नारिहरुको महान पर्व हरितालिका तिजले ठुलो महत बोकेको हुन्छ तर आधुनिकताको नाममा तिजमा देखिएको तडक भडक र तिजका गीतमा देखिएको बिकृतीको ओईरो देख्दा यो तिजे गीत हो कि रत्यौली वा झाउरे गीतको एउटा पाटो छुट्टाउनै कठीन देखिन्छ । केही साल पहिला नेपाली नारिहरुले गाउँने बेदना देखी समाजमा घटेका घटना अनी अन्याय र अत्याचारका बिरुद्धका सुमधुर स्वरहरु अब बिरलै रुपमा पनि सुन्न पाईदैन ।
तिजमा माइत जादा देखिने मायाको जालो अब बिस्तारै तोडिएको छ आधुनिकता र पूँजीवादको नाममा किनकी केहीसाल पहिला देखी घरमा आमाले पकाएको दर भन्दा अब पार्टी प्यालेसमा पखाएको बासी कुखुराको साप्रो अनी क्यासेटमा बजाएको बेअर्थको गीत प्यारो भएको छ नेपाली नारिहरुलाई बिशेष गरी सहरी बाताबरणले छोएको ठाउँमा । पहिला सुनिने बिमाकुमारी दुरा ,शिला आले ,हरिदेबी कोईरालाका गीत सुन्दा र अहिलेका राधिका हमाल देखी कोमल ओली सम्मले आधुनिकता कै नाममा तिजका गीतमा बिकृती हुले जसको पछी पछी अहिलेका केही नयाँ कलाकार पनि लागेका छन । तेतिमात्रले पुगेन केही साल देखी तिजे गीतमा पुरुष हरु महिला सँग लठारिदै नाचेका म्युजिक भिडियोले त झन तिजको मौलिक पनलाई पाखा लगाउने काम मात्र गरेन बिबाहमा गरिने रत्यौली भन्दा फरक छैनन तिजे गीतहरु । बच्चा जन्माउदा पेट चिरेको लामो डाम नै किन नहोस् महिलाले साडी लगाउदा आधा पेट देखाउनै पर्ने अनी आधा कन्नो ढाक्यो भने पुरानो मोडल भएको छ नब नारिहरुलाई तिजमा लगाउने रातो साडी र ब्लाउज ।
नारी सुन्दरता पहिरनमा मात्र हुँदैन तर अब त्यो बुझ्ने समय नरहे जस्तो देखियो नेपाली समाजमा । बिकृती पूर्ण तिजे गीतको बाढीले तिजको मौलिक पनलाई अझ पर धकेल्दै केही गीत अहिले पनि बजार मा आएका छन जसमा मोडेलले नाईटोमा M लेखिएको र नाच्ने युवक तेही झुम्न चाहेको देखिन्छ । चोलिको तुना ,मर्काईदेउ कम्मर ,लाउरेको छोरी देखी १२३४५ जस्ता गीत सुनियो भने तिजमा गायिने तिजे गीत अब वास्तब मै ईतिहासमा रहने पक्का छ भने पैसाको लालचमा युवा गायकहरु पनी हरितालिका तिजलाई आधुनिकताको नाममा बिकृती भित्राउने नायकको रुपमा अगाडि आएका छन ।
Nice article and appropriate message to the modern nepal Indra ji.
My dear brother Indra tapai ko lekh parda malai ati khusi lagyo tapai le euta media ko bhumika ma wastabikta lai ujagar garna kunai kasar chhore ko chhaina tara hamro ta sarkar ko nakal garera kalakar ani am janta pani bikriti tira lagyo tapai ko yogdan le awashayak pani ek din wastabikta ko lai samne lyaune chha bisawas garnus sachaiko jit awashyak hunchha thanks a lot