Monthly Archives: अगस्ट 2012

नेपालकी बिन्दु अमेरिकामा ‘पोर्न स्टार’


एसएलसी पनि पास नगरेकी पोखरा हेम्जाकी बिन्दू परियार अहिले अमेरिकी बजारमा हटी बिन्दुको नामले चिनिन्छिन् । बयस्क क्लवमा एकपछि अर्को गर्दै कपडा उतारेर नाच्ने स्ट्रीपर डान्सरको पेशामार्फत यौन बजारमा छिरेकी बिन्दु अहिले पोर्न स्टारका रुपमा अघि बढिरहेकी छिन् ।युट्युव तथा बिभिन्न वेबसाइटमा बिन्दुका सेक्स भिडियोहरु प्रसस्त भेट्न सकिन्छ । बिन्दु नेपाली, हटी बिन्दु र बिन्दु परियारका नाममा उनका यौनलीला प्रर्दशन गरिएका भिडियोहरु भेट्न सकिन्छ । ती भिडियोहरुमा उनले आफुलाई नेपालीका रुपमा चिनाएकी छिन् । कतिपय भिडियोमा नेपालीमै बोलेको पनि भेटिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

इरानी राष्ट्रपतिले भने- ‘नेपालप्रति गहिरो स्नेह छ’


तेहरान, भदौ १५- असंलग्न मुलुकहरुको शिखर सम्मेलनमा भाग लिन तेहरानमा आइपुगेका सरकारप्रमुख तथा राष्ट्रप्रमुखहरुको सम्मानमा इरानी राष्ट्रपति मोहम्मद अहमनिदेजादले गएराति रात्रिभोजको आयोजना गरे। रात्रिभोजका क्रममा प्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेपाली प्रतिनिमण्डलसँग पनि राष्ट्रपति अहमनिदेजादले सम्मान प्रकट गर्दै नेपालप्रति गहिरो स्नेह रहेको बताए। पढ्नेक्रम जारी राख्नुहोस्

बिनाभिसा ब्राजिल पठाउने अध्यागमन कर्मचारीलाई कारबाही हुने


सुरेन्द्र पौडेल, काठमाडौं, भदौ १५- अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेठ ३१ गते ‘सेटिङ’ मा ब्राजिल उडेका पाँच नेपाली नागरिकलाई सघाउने आफ्ना कर्मचारीमाथि छानबिन गर्ने भएको छ । बिनाभिसा पुगेका पाँचजनालाई अध्यागमन कर्मचारीले विमानस्थलभित्र प्रवेश गर्न मद्दत गरेको तथ्य बाहिर आएपछि विभागले तिनीहरूमाथि छानबिन गर्ने जनाएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वराजाको नाम भजाउँदै ८ करोड ठगी


 बाराका कुलदेव चौधरी बेलायत जाने भिसा पाउँदा कम हर्षित थिएनन् । ५ लाख ५० हजार रुपैयाँ तिरेपछि उनका हातमा भिसा पर्‍यो । तर त्यो खुसी धेरै दिन टिक्न सकेन । जब उनले त्यो नक्कली भन्ने पत्तो पाए, बेलायत उड्ने सपना त तुहियो नै, ऋण काढेर दिएको पैसासमेत डुब्यो । उनी अहिले त्यो पैसा उठाइदिन गुहार माग्दै पढ्नेक्रम जारी राख्नुहोस्

के गरेर संविधान आउँछ त्यो काम गर्नुस : राष्ट्रपति यादव


बालकृष्ण अधिकारी, काठमाडौं, भदौ १४ – राष्ट्रपति डा. रामवरण यादवले प्रमुख दलका शीर्ष नेताहरुलाई कुनै पनि मूल्यमा छिटो संविधान ल्याउन आग्रह गरेका छन्। राष्ट्रपति निवासमा दलका नेताहरुसँग भएको छलफलमा उनले ‘के गरेर संविधान आउँछ त्यो काम गर्नुस्’ भने। पढ्नेक्रम जारी राख्नुहोस्

एन्ड्रयु स्ट्राउसले इङल्यान्डको टेस्ट कप्तान क्रिकेटबाट सन्याँस


एन्ड्रयु स्ट्राउसले इङल्यान्डको टेस्ट कप्तानका रुपमा राजीनामा दिदै बुधबारबाटै लागु हुनेगरी व्यावसायिक क्रिकेटबाट सन्याँसको घोषणा गरेका छन्
पछिल्ला केही साता धेरै सोचविचार गरेपछि मैले इङल्यान्डको टेस्ट कप्तानको रुपमा राजीनामा दिने र सवैखाले क्रिकेटबाट सन्यास लिने निर्णय गरेको हुँ,’ १ सय टेस्ट खेलेका ३५ वर्षे स्ट्राउसले लर्डसमा पत्रकार सम्मेलन हुनुअघि बुधबार इङल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको विज्ञप्तीमा भनेका छन्, पढ्नेक्रम जारी राख्नुहोस्