स्पेन ओलम्पिक फुटबलमा समूह चरणबाटै बाहिरियो


कार्डिफ, साउन १६ (एजेन्सी)- लन्डन ओलम्पिकको फुटबलमा स्पेन समूह चरणबाटै बाहिरिएला भन्ने सायदै कसैले अनुमान गरेका थिएनन्। तर आइतबार न्युक्यासलको सेन्ट जेम्स पार्क मैदानमा होन्डुरससँग १-० ले स्तब्ध हुँदै स्पेन ओलम्पिक फुटबलबाट बाहिरिएको छ। अर्कोतर्फ ब्राजिल र जापन क्वार्टरफाइनल पुगेका छन्।
 

पहिलो खेलमा बराबरीमा चित्त बुझाएको आयोजक ब्रिटेनले पनि क्वार्टरफाइनल सम्भावना जीवित राख्दा संयुक्त अरब इमिरेट्सलाई ३-१ ले हरायो। पहिलो खेलमा पराजित मेक्सिकोले दोस्रो खेलमा गाबोनलाई २-० ले हरायो। दोस्रो चरणकै खेलमा दुईपटकको ओलम्पिक च्याम्पियन उरुग्वे सेनेगलसँग २-० ले स्तब्ध भयो। इजिप्ट र न्युजिल्यान्डले १-१ को बराबरी खेले भने दक्षिण कोरियाले स्विट्जरल्यान्डलाई २-१ ले पराजित गर्‍यो।

अघिल्लो महिना युरोपियन च्याम्पियन स्पेनलाई ओलम्पिकको पनि दाबेदारमा हेरिएको थियो। यद्यपि ओलम्पिक सिनियर नभई यु-२३ ले खेल्ने प्रतियोगिता हो। हरेक टोलीले १८ सदस्यीय खेलाडीमा तीन बढी उमेरका खेलाडी राख्न पाउने प्रावधान छ। युरोपियन फुटबलमा तहल्का मच्चाइरहेका म्यानचेस्टर युनाइटेडका गोलकिपर डेभिड डि जिया, चेल्सी हुँवा माटा , स्पेनलाई युरो जिताउन फाइनल एक गोल गरेका बार्सिलोनाका जोर्डी अल्बा र क्रिस्टियानो टेलोले ओलम्पिकमा भने रंग देखाउन सकेनन्।

त्यस बावजुद पनि स्पेनका लागि यसपटकको ओलम्पिक यात्रा सुखद रहेन। पहिलो खेलमा जापानसँग स्तब्ध भए पनि खेलमा फर्कने विश्वास गरिएको स्पेनले दोस्रो खेलमा गुमायो।

होन्डुरसका फरवार्ड जेरी बेन्गस्टोनले सातौं मिनेटमा हेड गोलमार्फत दिलाएको अग्रता स्पेनको हारका लागि पर्याप्त रह्यो। खेल सकिन १० मिनेट बाँकीमा स्पेन पेनाल्टी अपिल असफल भएपछि बराबरीको सम्भावना टरेको थियो। टिभी रिप्लेमा एड्रिन लोपेजलाई अमोल्ट पेराल्टाले धक्का दिएका देखिएको थियो।

‘तपाई अनुमान लगाउन सक्नुहुन्छ, सबै खेलाडी दुखी र निराश छन्,’ स्पेनका प्रशिक्षक लुइस मिल्लाले भने, ‘आज गोल गर्न नसक्नु नै मुख्य कमजोरी रह्यो। म धेरै कुरा भन्न चाहन्न। तर हामीलाई लाग्छ त्यो पेनाल्टी पाउनुपर्ने थियो।’
उपाधि दाबेदारमा एक स्पेनले दुई खेलसम्म गोलको खाता खोल्न सकेको छैन। यद्यपि बुधबार मोरोक्कोसँग हुने खेलमा गोल गर्ने अवसर भने बाँकी नैछ। स्पेनमाथिको जितपछि होन्डुरस समूह ‘डी’ को दोस्रो स्थानमा छ।

ओलम्पिकको फुटबलमा पहिलोपटक स्वर्ण जित्ने योजना लिएर अगाडि बढेको ब्राजिल बेलारुससँग आठौं मिनेटमै अप्रत्याशित पछि परेको थियो। तर १५औं मिनेटमा नेइमारको क्रसमा अलेक्जान्द्रो पाटोले हेडबाट बराबरी गोल फर्काए। ब्राजिलियन स्टार नेइमारले ६५औं मिनेटमा गोल थप्दै अन्तर बढाए भने इन्जुरी समयमा हालै चेल्सीमा आबद्ध भएका ओस्कारले गोल गरे। ओस्कारले नेइमारकै पासमा गोल गरेका हुन्।

‘हामीले खेल जित्यौं, त्यसकारण म खुसी छु,’ नेइमारले भने, ‘हामीले दोस्रो हाफमा निकै राम्रो खेल्यौं र अघिल्लो चरणको यात्रा तय गर्‍यौं। बलियो बेलारुसविरुद्ध खेल्न कठिन भयो।’

म्यानचेस्टर युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा ६६ हजार दर्शकसामु जितसँगै ब्राजिल समूह ‘सी’ को विजेता बन्यो। बेलारुसको ३ अंक छ।

मोरोक्कोविरुद्ध जापानका फरवार्ड केनसुके नागेलले अन्तिम ६ मिनेट बाँकीमा गोल गरे। खेलको अन्त्यतिर मोरोक्कोले बराबरीको अवसर उपयोग गर्न सकेन। इन्जुरी समयमा फरवार्ड जाकाराइ लाबयार्डको प्रहार जापानी गोलकिपर स्विची गोन्डाले रोके। ६ अंकसहित जापान समूह ‘डी’ को शीर्षस्थानमा रहँदा मोरोक्को एक अंक लिएरु तेस्रो स्थानमा छ।

पहिलो खेलमा बराबरीपछि ब्रिटेन निश्चित जितको खोजीमा थियो। कप्तान रायन गिग्सको प्रेरणादायी प्रदर्शनमा ब्रिटिनले आवश्यकताअनुरुपकै नतिजा निकाल्यो। क्रेग बेलामीको क्रममा गिग्सले हेड गोल गर्दै ब्रिटेनलाई अग्रता दिलाए।

खेलले एक घन्टा छुँदा रासेद इसाले बराबरी गोल गरेपछि वेम्बलीमा ८२ हजारभन्दा बढी दर्शक स्तब्ध हुन पुगेका थिए। तर गिग्सको सट्टा मैदान छिरेका स्कट सिनक्लियरले ७३औं र डारुयल स्टुरेजको गोलबाट ब्रिटेनले खेल जित्यो र क्वार्टरफाइनलको सम्भावना जीवित राख्यो। उक्त खेल राजकुमार विलियम्स र डेविड बेकह्यामले समेत हेरेका थिए।

ओलम्पिकमा सबैभन्दा पाको उमेरको गोल गर्ने खेलाडी बनेका ३८ वर्षे गिग्सले भने, ‘हामीले निकै मेहनत गर्‍यौं।’ अन्तिम खेलमा उरुग्वेसँग पराजित नभए ब्रिटेन क्वार्टरफाइनल प्रवेश गर्नेछ।

जियोभानी डोस सान्तोसले दोस्रो हाफमा दुई गोल गरेपछि मेक्सिकोको जित सम्भव भएको हो। जितपछि मेक्सिको ४ अंकसहित समूह बी को शीर्षमा छ।
माउसा कोनालेको दुई गोलमा जित दर्ता गराएपछि सेनेगल र ब्रिटेनको समान ४ अंक भएको छ।

 Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.