नेपालको राजनैतिक गतिविधि प्रति सिन्हाको चिन्ता


१६ साउन, काठमाण्डौं । भारतीय जनता पार्टीका बरिष्ठ नेता तथा पूर्व मन्त्री यसवन्त सिन्हाले नेपालको राजनैतिक गतिविधिका ’boutमा चासो राख्नु भएको छ । मंगलबार विहान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई भेटनुभएका सिन्हाले दलहरुबीचको पछिल्लो गतिविधि र राजनैतिक सहमतिको प्रयासका ’boutमा जिज्ञासा राख्नुभएको थियो । दलहरुबीच सहमति नभई राजनैतिक गतिरोध लम्विएको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सिन्हाले संविधान नवनि संविधानसभा भंग भएकोको ’boutमा पनि जिज्ञासा राख्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । जवाफमा प्रधानमन्त्री भट्टराईले दलहरुबीचको सम्बाद जारी रहेको जानकारी दिनुहुँदै चाँडै राजनैतिक गतिरोध अन्त्य हुने बताउनुभयो । सर्वोच्च अदालतले संविधानसभाको आयु बढाउने अधिकार नदिएकाले संविधान सभा भंग्ग भएको भन्दै प्रधानमन्त्रीले अव नयाँ जनादेशका आधारमा संविधान बनाउने बताउनुभयो ।

निजी भ्रमणका लागि भन्दै सोमबार विहान आकस्मिक रुपमा नेपाल आउनुभएका सिन्हाले शीर्ष नेतृत्वसँग राजनैतिक भेटघाट गर्ने क्रममा आज प्रधानमन्त्रीलाई भेट्नुभएको भारतीय दूतावासले जनाएको छ ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.