यी हुन् विश्वका सबैभन्दा महंगा मोबाइल फोन


मध्यमवर्गीय उपभोक्ताका लागि प्रायः सस्तो मूल्यका मोबाइल फोन पहिलो रोजाइमा पर्छन् । सस्तो, राम्रो र बलियो भन्ने मन्त्रालाई आत्मसात् गर्छन् सामान्य उपभोक्ताहरु ।तर विश्वमा यस्ता धनाढ्यहरु पनि छन् जसको लागि पैसाको कुनै परवाह हुँदैन । आफ्नो चाहनाको वस्तु तथा सेवा लिनका लागि उनीहरु जुनसुकै मूल्य तिर्न समेत पछि पर्दैनन् ।

त्यस्तै शौखिन उपभोक्ताहरुका लागि विश्वका मोबाइल उत्पादक कम्पनीहरुले पनि एक से एक महंगा तथा कलात्मक मोबाइलहरु उत्पादन गर्ने गर्छन् ।

यद्यपि केही यस्ता अमूल्य फोनहरु केबल प्रदर्शनी वा कम्पनीको शानका लागि समेत उत्पादन गर्ने गरिन्छ ।

· अमेरिकाको एप्पल कम्पनीले उत्पादन गरेको गोल्डस्ट्राइकर आइफोन थ्री जिएस यस्तो मोबाइल फोन हो जसको मुल्य ३२ लाख डलर पर्छ । यसमा २२ क्यारेटको २७१ ग्राम सुनका साथै २ सय वटा हिराका पत्थर जडिएका छन् ।

· त्यस्तै डायमण्ड क्रिप्टो स्मार्टफोन पनि दुनियाको महंगो मोबाइल फोन मध्येको एक हो । रुसमा बनेको यो मोबाइलको मुल्य ८ लाख २७ हजार पाउण्ड पर्छ । यो मोबाइल फोनको बाहिरी खोलमा ५० वटा हिरा छन्, जसमध्ये १० वटा बहुमुल्य निलो हिरा रहेका छन् ।

· त्यस्तै अर्को बहुमुल्य मोबाइल फोन हो, ग्रेस्सो लक्सर । यसको मूल्य ६ लाख ३६ हजार २ सय पाउण्ड छ । १८० ग्रामको सुनको प|mेममा रहेको यो मोबाइलमा हिराका साथै बहुमुल्य पत्थरहरु समेत जडान गरिएको छ ।

· भर्चु सिंगनेचर कोब्रा अरु बहुमुल्य मोबाइल फोन हो । यसको मूल्य १ लाख ६७ हजार पाउण्ड भन्दा बढि छ । यसमा रुबी तथा हिरा लगायतका बहुमुल्य पत्थर जडान गरिएको छ । तर यो मोबाइलमा न त क्यामरा छ, न त टचस्त्रिmन प्रविधि छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.