जलकुन्डी झारले फेवातालमा हैकम जमाउन छाडेन,सर सफाई गर्दा हैरान छन डुंगा व्यावासायी र संस्थाहरु


ईन्द्र भुसाल,पोखरा-नेपालको दोस्रो ठुलो शहर पोखरा आफैमा अतिनै सुन्दर छ भने माछापुछ्रे हिमालको छाया फेवातालको आगनमा देखिने भएकोले फेवाताल घुम्न आउने कुनै पनि स्वदेशी देखी बिदेशी पर्यटकको मन अतिनै लोभिने गर्दछ । नेपालको पर्यटन क्षेत्रमा छुट्टै किसिमको बिशेषता बोकेको यो फेवाताल केही बर्षयता पानीमा उम्रने जलकुन्डी झारको मारमा परेको छ । पानीमा तैरिएर रहने यो झारलाई झट्ट हेर्दा उम्रनलाई माटोको आवश्यकता नरहने जस्तो देखिन्छ भने झारको गुजुल्टोको फेदमा भने गुज्मुजिएर रहेको गाठो देखिन्छ । सुरुमा फेवातालको माथिल्लो भाग र खहरे एरियामा देखिएको यो अतिनै छिटो फैलिने झारले बिगतका केही बर्षमा पुरै फेवाताल भरी फैलिएर हैकम जमाएको देखिन्थ्यो । जलकुन्डी झार कै कारण फेवातालमा डुंगामा सयर गर्नेहरुलाई समेत असर पारेपछी डुंगा ब्याबसायी  देखी पर्यटन ब्याबसायी अनी बिभिन्न सँघ-संस्था र जिल्ला बिकास समिती कास्कीको पहलमा ताल सफाई कार्यक्रम बेलाबेलामा गरिदै आएको छ तर पनि दिर्घकालिन रुपमा यो जलकुन्डी झारको निबारण हुन सकेको छैन । गतहप्ता फेवातालमा डुंगा सयर गर्न जादा र आजको ताल धेरै फरक देखिन्छ ।

बाराही मन्दिर जाने घाट मै ठुला ठुला जलकुण्डीका मुठाहरु डुंगाहरुलाई सजिलो सँग पारी जान अबरोध गरेको देखियो भने बाराही मन्दिर देखी उत्तर पट्टी खहरे साईडमा त हरियो घास को मैदान जस्तै देखियो फेवाताल । तालको सरसफाईलाई लगातार कार्यनयन नगर्ने हो भने अतिनै छिटो गतिमा यो झारले ताललाई बिगतमा झै पूर्णरुपमा प्रभाबित पार्ने डुंगा ब्यबसायीहरु बताउछन । पोखराको पर्यटन ब्यवसायको लागि मुख्य थलोको रुपमा रहेको फेवातालमा आज भन्दा ५ बर्ष पहिला सम्म घोसित देखी अघोसित रुपमा होटेल तथा रेस्टुरेन्टमा प्रयोग हुने सेफ्टी ट्यान्कीको पानी सिधै तालमा फ्याकेका धेरै समाचार बाहिर आएका थिए । बिगतमा तालको सम्रक्षणमा ध्यान नदिनु र फोहोर पानी देखी बिभिन्न नालाहरुबाट बर्षायामको पानी,भेल सिधै फेवाताल मा मिसिनु अहिले ताल प्रदुशण हुनुको मुख्य कारण देखिन्छ भने जलकुन्डि झारको प्रभावलाई समयमै काबुमा ल्याउन पनि आवश्यक रहेको छ ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.