अनेसास कोलोराडो च्यापटरद्वारा १९९औं भानु जयन्ती तथा वार्षिक साधारण सभा, कबि गोष्ठी कार्यक्रम


कोलोराडो/प्रतिनीधी जुलाइे २८ । हिजो मिती ७/२७/१२ का दिन अ.ने.सा.स.कोलोराडो च्याप्टरले १९९ औं भानु जयन्ती बिभिन्न कार्यक्रमको साथमा सम्पन्न गर्‍यो । उक्त कार्यक्रमकी संचालिका सम्झना आचार्य हुनुहुन्थ्यो भने सभापतिको आसनमा कोलोराडो च्याप्टरका अध्यक्ष श्री पदम विश्वकर्मा हुनुहुन्थ्यो । आसन ग्रहणकै क्रममा अ ने सा स भुपु अध्यक्ष,शैलेन्द्र साकार,मनु ब्राजाकी,नारायण श्रेष्ठ (अध्यक्ष,नेपाली घर )अजित कुमार शर्मा (उपाध्यक्ष नेपाल रेड्क्रस सोसाइटी),हरी उप्रेती (अध्यक्ष ग्लोबल भुटानिज),जिडेन राइे (किराँत राई सोसाइटी)हुनुहुन्थ्यो । कार्य्क्रमको समुद्घाटन बरीष्ठ कथाकार तथा गजलकार मनु ब्राजाकी ज्युले गर्नु भएको थियो । राजु सिटौलाको स्वागत भाषणबाट शुरु गरिएको उक्त कार्यक्रममा शुभकामना मन्तब्य गर्नुहुनेहरुमा नारायण श्रेष्ठ (नेपाली घर ),अजित कुमार शर्मा,हरी उप्रेती,हुनुहुन्थ्यो । मनु ब्राजाकीज्युले भानुलाई श्रद्धान्जली शब्द चढाउनु भएको थियो । त्यसैगरी डा.बिजय राज शर्माले भानुको संक्षिप्त चिनारी प्रस्तुत गर्नु भएको थियो । सोही कार्यक्रमको अवसरमा कोलोराडो च्याप्टरको बिधान सम्बन्धमा जानकारीका साथै वार्षिक प्रगती प्रतिवेदन राजु सिटौलाद्वारा प्रस्तुत गरिएको थियो भने कोलोराडो च्याप्टरकी अध्यक्ष सम्झना आचार्यबाट वार्षिक आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । यसै क्रममा अ.ने.सा.स. पुर्व अध्यक्ष ज्ञानेन्द्र गदाल ज्युको सम्मानमा मनु ब्राजाकी ज्युबाट वहाँलाई खादा ओढाउने र प्रमाण पत्र शैलेन्द्र साकार ज्युबाट बितरण कार्यको साथै ज्ञानेन्द्र गदाल ज्युबाट मन्तब्य प्रस्तुत भएको थियो । केही ब्यक्तित्व तथा श्रष्टाहरुले भानुको सम्झना गर्दै उन्को केही परिचय सहित् आ-आफ्ना रचनाहरु प्रस्तुत गर्नु भएको थियो । अ.ने. सा.स.सम्बन्धी केहि जिज्ञासाका प्रश्नहरु पनि श्रोतामाझबाट उठिरहेका थिए भने ति प्रश्नका जवाफ पनि कोलोराडो च्याप्टरका अध्यक्षले साहित्यनुरागिहरुलाई दिइेरहनु भएको थियो । कार्यक्रममा रचना बाचनभन्दा पनि भानुको सम्झनारुपी मन्तब्य र अनेसास सम्बन्धी छलफल अनि कोलोराडो च्याप्टरले बिगतमा गरेका आफ्ना कार्यहरु र यस्को सफलता’bout जानकारी दिइेएको थियो । कार्यक्रमको मध्यम भागमा रचनाहरु पाठ गरिएको थियो । रचना पाठ गर्नु हुनेहरुमा मनु ब्राजाकी,ज्ञानेन्द्र गदाल,बुना दाहाल,हरी उप्रेती,गंगा उप्रेती, बिजय राज शर्मा,भिष्म प्रधान,आचार्य प्रभा,मीना पौडेल,हरी अधिकारी,बासुदेव खनाल,सम्झना आचार्य हुनुहुन्थ्यो । अध्यक्ष पदम विश्वकर्माको मन्तब्य तथा आगन्तुक महानुभावहरुप्रति आभार ब्यक्त सहित कार्यक्रमको समापन भएको थियो।कार्यक्रमको अन्त्यमा भोजनको पनि ब्यवस्था गरिएको थियो । उक्त कार्यक्रममा सहयोग गर्नु हुनेहरुमा कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माकी श्रीमती कमला विश्वकर्मा तथा सुपुत्र पवन विश्वकर्मा हुनुहुन्थ्यो । यसरी कोलोराडो च्यापटरले यसपटकको भानु जयन्ती हर्षोल्लासको साथ समापन गर्‍यो ।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.