मनिषाको औपचारिक डिभोर्स !


हनिमुन सकिएसँगै खटपट सुरु भएको नायिका मनिषा कोइरालाको दाम्पत्य जीवन औपचारिक रुपमा टुटेको खवर आएको छ ।यसअघि सामाजिक संजाल र संचारमाध्यममा वैबाहिक सम्बन्ध’bout तितो पोख्ने गरेकी मनिषाले केही साताअघि औपचारिकरुपमै पति सम्राट दाहालसँग डिभोर्स गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियाले मनिषाको नजिकको साथीको हवाला दिंदै उनीहरु छुट्टीइसकेको बताएको छ । २०६७ असारमा पर्यावरण इन्जिनियर सम्राट दाहालसँग बिबाह गरेकी मनिषाले दुई बर्षमै दाम्पत्य जीवन तोडेकी छिन् ।

उनले पछिल्ला अन्र्तवार्ताहरुमा आफुलाई आमा बन्ने तिब्र इच्छा भएपनि त्यो सम्भव नदेखिएको भन्दै दुखेसो पोखेकी थिइन् । आफैं आमा बन्ने योजना कसरी सम्भव भएन त्यसमा पति सम्राटको असहयोग रह्यो वा अन्य केही कारणले दामत्य जीवन टुट्यो भन्ने बिषयमा स्पष्ट भएको छैन् ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.