भोलि रोमानियामा जनमत संग्रह हुदैछ


१३ साउन, नवराज पोखरेल, बुखारेस्ट, रोमानिया / तिन हप्ता अघि रोमानियाका राष्ट्रपतिको पदबाट निलम्बित गरिएका त्रैयान बसेस्कूलाई पुन: पदमा ल्याउने वा उनलाई सधैका लागि पदबाट हटाउने ’boutमा यो जनमत संग्रहको आयोजना सरकारले गरेको हो /रोमानियाको तथ्यांक अनुरुप  जनमत संग्रहमा भाग लिन पाउने अधिकार भएका अर्थात् १८ बर्ष पुगेका नागरिकको संख्या एक करोड नब्बे लाख छ/ संबिधानले तोके बमोजिम कम्तिमा ५० प्रतिशत अर्थात् नौ लाख पचास हजार रोमानियाली नागरिकको जनमत संग्रहमा उपस्थित अनिबार्य छ / नत्र भने जनमत संग्रहले मान्यता पाउने छैन / यदि निलम्बित गरिएका रोमानियाका राष्ट्रपति त्रैयान बसेस्कूका बिरोधमा यो संख्याको आधा र प्लस एक भोट परेको खण्डमा उनलाई सदाको लागि राष्ट्रपतिको पदबाट हटाइने ब्यबधान संबिधानमा तोकिएको छ /
अर्को तर्फ उनलाई समर्थन गर्ने राजनैतिक समूहहरू र सर्बसाधारण  जनताले जनमत संग्रहको बहिस्कार गर्ने भएका छन / यसको कारण हो – जनमत संग्रहमा चाहिने न्यूनतम भोटको संख्या नौलाख पचास हजार नपुगोस र जनमत संग्रहले मान्यता नपायोस / जसको फलस्वरूप बसेस्कू पुन: रोमानियाका राष्ट्रपतिको पदमा बहाल हुन पाउन/ यसरी उनको यो कार्यकालको  अन्त्य सन २०१४ मा हुनेछ /

हालको सरकार रोमानियाका देब्रे तिरका मिलजुल राजनैतिक समूहहरूले बनाएका छन / एक तर्फ रोमानियाली जनताहरू यी समूहका नेताहरूसंग रुष्ट भएका छन भने अर्को तर्फ बसेस्कूलाई हटाउने क्रममा भोलि हुने जनमत संग्रहमा भाग लिने बिश्वास दिलाएका छन / हालका प्रधानमंत्री भिक्टॉर पोंताले  हालै अन्तरराष्ट्रिय कानूनमा पीएचडी गरेका सन्दर्भमा उनले प्रस्तुत गरेको अनुसन्धान पत्रमा करिब ८५ पाना दुरुस्त रूपमा अन्य किताबबाट सारी चोरेको कुरा प्रमाणित भै सकेको छ/ अत: यसरी हालको सरकारलाई चोर प्रधानमंत्रीको सरकार भनि रोमानिया र यूरोपेली मुलुकमा भन्ने गरिएको कुरा प्रस्ट छ /
राष्ट्रपतिको पदबाट निलम्बित गरिएका त्रैयान बसेस्कूलाई यहि महिनाको शुरूमा संसदका दुवै सदनहरूले अत्यधिक मतबाट अविश्वासको प्रस्ताब पारित गरी निलम्बित गरेको थियो / माथिल्लो सदनमा तत्कालै नियुक्ति भएका अध्यक्ष क्रिनआन्तोनेस्कूले निमित्त राष्ट्रपति बन्ने अवसर पाए/ उनि मिलिजुली राजनैतिक समूहहरूका अध्यक्ष पनि हुन् / खासमा मिलिजुली राजनैतिक समूहहरूको मुख्य उदेश्य पनि यहि थियो / राष्ट्रपतिको पद, सरकार, संसदका दुवै सदनहरूका अध्यक्ष, प्रधानमंत्री र अन्य ठूला पदहरू उनीहरूकै समूहले सम्हाल्न पाउन /
यी पार्टिका नेतारूले मिलजुल गर्नु अघि उनीहरूको संख्या संसदका दुवै सदनहरूमा न्यूनतम थियो/ करिब दुई महिना अघिमात्र उनीहरू बीच भएको एकबध्यताले उनीहरूलाई बलियो बनाएको छ/जसको फलस्वरूप मिलिजुली सरकारले बिभिन्न क्षेत्रमा सफलता पाएका छन/ भोलि हुने जनमत संग्रहमा निलम्बित राष्ट्रपति त्रैयान बसेस्कूलाई हटाउन चाहिने भोट जम्मा गर्न सकेको खण्डमा उनिहरूले पूर्ण सफलता पाएको महसूस गर्नेछन / बसेस्कूलाई यस अघि सन २००९ मा पनि निलम्बित गरिएको थियो भने तत्कालिन जनमत संग्रहले पुन: उनलाई समर्थन जनाई राष्ट्रपतिको पदमा पुनर्बहाल गराएको थियो /

यी सबै कारणहरूले गर्दा हाल देशको आर्थिक, सामाजिक, शैक्षिक तथा अन्य  क्षेत्रहरूमा नराम्रो असर परेको कुरा छर्लंग देखिएको छ/
नरापो न्यूज रोमानिया

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.