ईन्द्र भुसाल ,पोखरा
नेपाल कृषि प्रधान देश भनेर चिनिएको छ भने देशका अधिकांस जनता यही पेशामा निर्भर छन। कृषि जन्य बस्तुको मुल्य हेर्ने हो भने अत्यधिक महँगो हुँदै गएको छ । हिजो मात्र पोखराको ब्यस्त बजारमा एक किलो गोलभेडाको मुल्य ने रु ९० पुगेको थियो । हरेक तरकारी ६० भन्दा तल पाउन कठिन छ भने किन महँगो भनेर आवाज निकाल्यो त बिक्रेताहरु आँखा पल्टाएर हेर्ने पुग्छन । कृषि प्रधान देश भएपनी भनेको बेलामा उत्पादित बस्तु बजारमा पुराउन नसक्नु ,बिउ मलको ब्यबस्था भनेको बेलामा नहुनु ,लाखौं युवाहरु बिदेश पलाएन हुनु अनी खेतियोग्य जमिन बाजो रहनु ,उत्पादन भन्दा माग अत्यधिक रहनु आदी कारणले कृषि जन्य बस्तुको मुल्य आकासिदै गएको देखिन्छ । अब्यबस्थित मुल्य निर्धारण पनि अर्को प्रमुख कारण रहेको छ मुल्य अत्यधिक बढ्नुमा ।