शाकिराले टुँडिखेलमा डान्स गर्ने


बारुली कम्मर गज्जबसित फनक्क घुमाउँदै बेली डान्स देखाएर दर्शकलाई पागल बनाउने कोलम्बियाली गायिका शाकिरा नेपाल आउने भएकी छिन्। एसिया टुरको क्रममा उनी नेपाल आउने र टुँडिखेलमा डान्स देखाउने भनिएको छ। विश्वकप २०१० को आधिकारिक गीत ‘वाकावाका’ले चर्चाको शिखरमा पुर्‍याएकी शाकिराको कन्सर्टको मिति २०६९ असोज ७ गते तय भइसकेको छ।  उनलाई नेपाल ल्याउन लागेको आडिसी इन्टरनेसनलका सीमान्त गुरुङले भने शाकिरा आउने निश्चित भइसकेको र सम्झौता समेत भइसकेको दावी गरेका छन्। गुरुङसमेत रहेको ओडिसी र जेपीआरले पहिलो पटक ब्रायन एडम्सलाई दशरथ रंगशालाको कन्सर्टमा उतारेको थियो।
शाकिराको बेली डान्स टिभी र युट्युबमा हेरेर लोभिने युवा र अधवैँशेको ठूलो जमात नेपालमा पनि रहेको छ । शाकिरालाई सिमान्त गुरुङको  आडिसी इन्टरनेसनलले नेपाल भित्र्याउन लागेको भएपनी आयोजक समितीबाट टिकट दर र पाउने स्थान भने जनाइएको छैन ।

watch?v=fi3tqFGfO2Y

  को हुन् शाकिरा?

  शाकिराको पूरा नाम शाकिरा इसाबेल मेबारक रिपोल हो। उनको जन्म १९७७ को फेब्रुअरी २ मा कोलम्बियामा भएको हो। नब्बेको दशकको पूर्वाद्धमा कोलम्बिया र ल्याटिन अमेरिकाको सांगीतिक क्षेत्रमा गायिका र गीत लेखिकाका रुपमा उनी उदाएकी हुन्। उनले १४ वर्षको उमेरमा पहिले “मगिन” नामक एल्वम बजारमा ल्याएकी थिइन । उनी कोलम्बियामा नै हुर्किएकी हुन्। उनले सुरुमा आफ्नै स्कूलमा आफ्नो कला प्रदर्शन गर्ने गर्थिन्। रक एन्ड रोल, ल्याटिन र अरेबिक शैलीको गीत र उनको ट्रेडमार्क विशेषताका रुपमा रहेको कम्मर नचाइ बेली डान्स उनको विशेषता हो। उनी स्पेनिस बोल्छिन्। अंग्रेजी र पोर्चुगिज पनि उनलाई फरर आउँछ। बोल्न त उनलाई इटालियन, फ्रेन्च, क्याटालन र अरबी पनि आउँछ। सन् २००१ मा निस्किएको ह्वेनएभर ह्वेरएभर उनको पहिलो अंग्रेजी एल्बम हो जसले उनलाई विश्वभर चर्चामा ल्यायो। उनी द्वारा गाइएको विश्वकप २०१० को अफिसियल सँङ् (भिडियो) ‘वाक्का वाक्का’ करीब ५०० मिलियन भन्दा धेरै पटक हेरिएको रेकर्ड रहेको छ।    विश्वभरी उनको करीब ५ करोड फेसबूक फ्यान र करीब ढेड करोड टुईटिङ फ्यान रहेको छ।       कोलम्बियाका गरिब विद्यार्थीलाई स्कूलमा अध्ययन गराउन उनले पियस डेस्कालजोस फाउन्डेसन नामको च्यारिटी पनि खोलेकी छिन्।

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.