बारुली कम्मर गज्जबसित फनक्क घुमाउँदै बेली डान्स देखाएर दर्शकलाई पागल बनाउने कोलम्बियाली गायिका शाकिरा नेपाल आउने भएकी छिन्। एसिया टुरको क्रममा उनी नेपाल आउने र टुँडिखेलमा डान्स देखाउने भनिएको छ। विश्वकप २०१० को आधिकारिक गीत ‘वाकावाका’ले चर्चाको शिखरमा पुर्याएकी शाकिराको कन्सर्टको मिति २०६९ असोज ७ गते तय भइसकेको छ। उनलाई नेपाल ल्याउन लागेको आडिसी इन्टरनेसनलका सीमान्त गुरुङले भने शाकिरा आउने निश्चित भइसकेको र सम्झौता समेत भइसकेको दावी गरेका छन्। गुरुङसमेत रहेको ओडिसी र जेपीआरले पहिलो पटक ब्रायन एडम्सलाई दशरथ रंगशालाको कन्सर्टमा उतारेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्