सरकारले मुठभेड चाहेको छ : एमाले नेता नेपाल


वीरगन्ज, साउन १२- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले  मुठभेड होस् भन्ने चाहिरहेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपाल पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सरकारले अहिले मुलुकलाई सङ्कटमा धकेलेको छ।’  ‘सरकार मुठभेड होस् भन्ने चाहिरहेको छ, माओवादीको विस्तारित बैठकबाट थाहा भइसक्यो, ऊ सत्ता छाड्न चाहँदैन, त्यसैले मुलुकमा नयाँ संविधान र राजनीतिक निकासका लागि आन्दोलनमा जानुको विकल्प छैन’, उनले भने।

नेता नेपालले उग्रवामपन्थी र सर्वसत्तावादी सोच र चिन्तन बोकेर हिँडेको माओवादीले मुलुकलाई यथास्थितिमा रुमल्याउने षड्यन्त्रमा लागेको उल्लेख गर्दै माओवादीको सर्वसत्तावादविरुद्ध र राष्ट्रियता एवम् लोकतन्त्रको प्रवर्द्धनका लागि यो सरकारलाई तत्काल विस्थापन गर्न जरुरी भएको बताए। यसका लागि आन्दोलनमा उत्रिन नेपाली जनतालाई उनले आग्रह गरे।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउने हो भने वर्तमान सरकारलाई आन्दोलनबाट विस्थापित गर्नै पर्दछ, उनले भने, “सत्ताकब्जाको मानसिकताबाट उन्माद भएको वर्तमान सरकार सहमतिको वातावरण बनाउनुभन्दा सहमति विथोल्ने षड्यन्त्रमा लागेको छ।”

नेता नेपालले एकता नै बल र परिवर्तनका आधार भएकाले मुलुकलाई उग्रवामपन्थीबाट जोगाउन सबै लोकतान्त्रिक शक्ति एकताबद्ध भएर लाग्नुपर्ने बताए।

Source: Nagarik

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.