अफगानिस्तान लैजाने भन्दै दुई करोड ठगी


विराटनगर, साउन १२-विदेशमा आकर्षक एवम् अत्यधिक तलब सुविधा दिलाउने नाममा मोरङका दुई व्यक्ति सर्वसाधारणबाट करिब रु दुई करोड ठगी गरी फरार भएका छन्। अफगानिस्तानको डाइना केकप्रो नामक कम्पनीमा रोजगारी दिलाउने प्रलोभनमा पारी मोरङ र झापा जिल्लाका ४० युवाबाट जनही रु तीन लाख ५० हजारदेखि रु चार लाख लिई ’em फरार भएकोे पीडितले जनाएका छन्।

मोरङ सिजुवा-३ का दलबहादुर अधिकारी तथा उर्लाबारी-४ का जगतबहादुर भुजेलद्वयले ती व्यक्तिलाई ठगेका हुन्। पीडित व्यक्तिले आज सामूहिकरुपमा जिल्ला प्रशासन कार्यालय मोरङ एवम् जिल्ला प्रहरी कार्यालयमा सोसम्बन्धी उजुरी दर्ता गराएका छन्। भारतको नयाँदिल्लीस्थित पहाडगन्जमा अजित सिंह नामक व्यक्तिको नाममा रहेको एक म्यानपावर कम्पनीमार्फत अफगानिस्तान पठाउन पीडितलाई उक्त दुवै व्यक्तिले दिल्ली बोलाएका थिए।
ठगीमा परेका ४० जनालाई दिल्लीमा एक महिना राखी अलपत्र छाडेको र विदेश नपठाएपछि आफूहरु बाध्य भई घर फर्केको पीडितले बताएका छन्। पीडितमध्ये झापा दमक-१० का प्रकाश चौहानले दिल्लीस्थित नेपाली राजदूतावासमा समेत उजुरी गर्दा फरार व्यक्ति पक्राउ गर्न नसकिएको बताए।
आफूहरुलाई दिल्लीको बाटो हुँदै अफगानिस्तान पठाउन दिल्ली सेन्ट्रो होटलमा समेत बोलाएर खर्च गराई ठगिएको उनले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले उजुरी दर्ता गर्दै ठगी गरेको आरोपमा फरार अभियुक्तको खोजी एवम् कारबाही प्रक्रिया अगाडि बढाइने पीडितलाई आश्वासन दिएका छन्।
पीडितले अफगानिस्तान जानका लागि बैंक, वित्तीय संस्था, आफन्त एवम् साहुमहाजनसँग मोटो ब्याजमा ऋण तथा खेत बिक्री गरी रकम व्यवस्था गरेको गुनासो व्यक्त गरेका छन्।

Source: Nagarik

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.