हिन्दु परम्परा अनुसार नामाकरण ( न्वारन ) विधि


हिन्दु परम्परा अनुसार नामाकरण ( न्वारन ) विधि
 
हिन्दु धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार मानिसको दश कर्म मध्ये नामकरण एक संस्कार हो जसले  अन्य धार्मिक कार्य सम्पादन गर्नका लागि एउटा परिचय प्रदान गर्दछ । त्यसैले हरेक किसिमका पुजा गर्ने क्रममा पण्डितहरुले तपाईँको गोत्र र नाम सोध्छन् ।
नामाकरण प्रकृया
 
१ घर पवित्र गर्ने
 
आबश्यक सामग्रीहरु :-
२ गोदान
३ दिप पुजा
४ गणेश पुजा
जौ तिल अविर अक्षता धुप बत्ति नैवेद्य दक्षिणा दुबो २१ सुते बत्ति ९ जोर ११ वटा लड्डु कुश जनै सुपारी पञ्चामृत पान रातो कपडा आदि।

५ नव ग्रह पुजा
पुजाको सामाग्री पञ्चपल्लव, पन्चरत्न कलशको मुखमा बाँध्ने रातो सेतो कपडा सर्स्यूँ विभिन्न रङका कपडाहरु विभिन्न कसिमका फुलहरु रक्षाबन्धन को धागो।

६ नान्दि श्राद्ध ( प्राय छोराको न्वारन गर्ने बेलामा मात्र नान्द्धि गर्ने परम्परा छ)
दवो तथा ४ भाग सिदा।
 
७ रक्षा बन्धन
रक्षाबन्धन धागो
 
८ अग्नि स्थापना
चरु, घ्यू, समिधा ( मसिनो दाउरा), पुजा सामाग्री धुप बत्ति ईत्यादि
 
९ नवग्रह हवन
१० न्वारनको सङ्कल्प
११ पञ्चगव्य हवन ( गहुँत गोवर दुध कुश तिल ईत्यादि )
१२ सुत्केरीलाई पन्चगव्य खुवाउने
१३ सुत्केरी छुने :- एउटा थालीमा चामल, पैसा, फलफूल नैबेद्य आदि राख्ने र होम गरेको सुरोमा सुत्केरीलाई पुजा गर्न लगाउने।
१४ सुत्केरीलाई बत्ति, गणेश,नवग्रह तथा अग्निमा पुष्पाञ्जलि चढाउन  लगाउने ।
१५ ज्योतिषद्वारा नाम सुनाउने । त्ससको लागि एउटा थालिमा चामल फलफुल  पैसा जनै सुपारी बस्त्र आदि राख्ने। बाम्हणले बैदिक मन्त्रले नाम सुनाईदिए पछि बच्चाको उज्वल भविष्यको कामना गर्दै दिने चलन छ।
१६ गोदान  (कुश र पैसा)
१७ भँईमा सुर्य र चन्द्रमाको चित्र बनाएर पुजा गर्ने।
१८ भँईमा पवित्र बस्तुले लेपन गरी अष्टदल कमल बनाउने र सूर्यको पुजा गर्ने।
१९ भँईमा बालक पैंतालाको चित्र बनाई पुजा गर्ने र बालकलाई उभ्याउने।
२९ अष्टमातृ पुजा
२१ पुर्णपात्र  ( एउटा भाँडोमा चामल पैसा फलफूल आदि राखेर पुजा गर्ने)
२२ दक्षिणा सङ्कल्प
२३ शान्ति स्वस्ति
२४ प्रसाद ग्रहण।
 
 
नामाकरण विधिका चरणहरु
१ घर पवित्र पार्ने :-  न्वारन गर्ने दिनमा सुत्केरी तथा बच्चालाई सरफाई गरे पछि कुश, जौ, तिल, गाईको गहूँत आदि बैदिक मन्त्रपूर्वक तयार पारी घरको सबैतिर छर्कने।
 
२ पुजाको तयारी :- रेखि तथा सजावट कार्य।
३ गणेश तथा नवग्रह पुजा
४ हवन
५ न्वारन
५ समापन
 
 
अस्तु ।
रामहरी शास्त्री
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.