कुवेतनेपाल, एड्मिन
गत बैशाख महिनाको टन्टलापुर खडेरिमा अन्नपूर्ण हिमाल पग्लेर सेती नदिमा अचानक आएको भीषण बाढीबाट पीडित बन्न पुगेका खारापानी सर्दिखोला कास्कीका २० घर-परिवारलाई नेपालकुवेत मेनपावर एशोसियसनले राहत प्रदान गरेको छ । एशोसियसनका सदस्य तथा कुवेतको नेपाली समाजमा हुने हर गतिबिधिहरुमा संलग्न रहने जोशिला युवा अर्जुन तामाङले नेपालमै गएर उक्त राहत एशोसियसनको तर्फबाट सेती गण्डकीस्थित स्थनिय ग्रीन फोर्स युथ क्लब, पत्रकारहरु र स्थानिय प्रहरी प्रशासनको रोहवरमा बितरण गरेका हुन । तामाङले सहयोग स्वरुप एशोसियसनको तर्फबाट नेरु. ७५ हजार र आफ्नो तर्फबाट २० पीडित परिवारलाई एक-एक थान कम्बल प्रदान गरेका थिए भने स्थनिय संस्था ग्रीन फोर्स युथ क्लबलाई समेत नेरु. ५००० आर्थिक सहयोग तामाङले गरेका छन ।
नेपाली भाई, छोराहरु बिदेशमा रहेर पनि आपतमा परेकालाई नेपालमै आएर यसरी प्रत्यक्ष सहयोग गरेको देख्दा स्थानिय भुर्जुङ गाबिसका आमा समुहरुले खुशी हुँदै राहत बितरक अर्जुन तामाङलाई अत्यन्त शिष्टताका साथ स्वागत गरेका थिए भने तामाङले पत्रकार सम्मेलनमा आफु कुवेतबाट संस्थाको निर्णय बमोजिम सहयोग प्रदान गर्न आएको तथा अझै पनि पिर-मर्कामा परेका हर नेपालीहरुलाई आफुहरुले सक्दो सहयोग गर्ने बताउँदै सरकारले पनि आफुहरुलाई मेनपावर व्यवसायी भनेर जुन नजरले हेर्ने गरेको छ त्यसमा सुधार ल्याउनु पर्ने प्रतिबद्दता जाहेर गरेका छन । स्मरण रहोस्, अर्जुन तामाङ मेनपार एशोसियसनका सदस्य हुनुका साथ तामाङ घेदुङ कुवेतका उपाध्यक्ष तथा कुवेतको सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका सकृय सदस्य तथा गैर आवासिय नेपाली सँघ कुवेतका पनि जिम्मेवार पदाधिकारी हुन ।
अर्जुन तामाङले माउन्ट एभरेष्ट स्पोर्टिङ क्लवका संरक्षक तथा समाजसेवी बालक गुरुङको समेत उपस्थितिमा प्रदान गरेको राहत वितरण तल भिडियोमा हेर्न नभुल्नु होला..