११ साउन, – एकीकृत नेकपा माओवादीले पार्टीका नेताहरुको कार्य विभाजन गर्ने जिम्मा महाधिबेसन आयोजक समितिलाई दिएको छ । विहीबार विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा बसेको माओवादी केन्दि्रय कार्यदलको बैठकले विस्तारित बैठकका निर्णय सहित पार्टीको जिम्मेवारी हेरफेरका विषयमा महाधिबेसन आयोजक समितिले नै निर्णय गर्ने निष्कर्ष निकालेको हो ।
महाधिवेसन आयोजक समितिको बैठक भने साउन १७ गतेलाई बोलाएको छ । महाधिवेशनको तयारीलाई तिब्रता दिन आयोजक समितिको बैठक १७ गते बोलाउने निर्णय गरेको हो । यसअघि मंगलबार बोलाईको आयोजक समितीको बैठक तयारी नपुगेको भन्दै केहिबेर बसेर स्थगीत भएको थियो ।
त्यस्तै सातौं बिस्तारित बैठकका निर्णय कार्यान्वयन अन्तर्गत शीर्ष नेताहरुको सचिवालयको टिम परिवर्तन, आर्थिक विभाग र लेखा शाखाको गठन लगायतका विषयमा भएको छलफल कुनै निष्कर्षमा नपुगेको माओबादीले जनाएको छ । बिस्तारित बैठकमा प्रचण्डले गाडी फिर्ता गर्ने, लाजिम्पाटको निवास छाड्ने, सचिवालय परिवर्तन गर्ने लगायतका घोषणा गर्नुभएको थियो । त्यस्तै आर्थिक पारदर्शिताका लागि आर्थिक विभाग र लेखा शाखा मार्फत काम गर्ने घोषणा भएको थियो ।
बैठकले शान्ति र संबिधानका लागी अन्य दलहरुसंगको छलफललाई निरन्तरता दिने निर्णय समेत गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
माओवादी ठूलो दल भएको हैसियतले राष्टिय सहमतिका लागी अधिकतम लचकता अपनाउने भन्दै अन्यदलहरुसंगको छलफललाई निरन्तरता दिने निर्णय गरेको हो ।
Source: Onlinekhabar