कांग्रेस-एमालेले आज माओवादीसँग निर्णायक वार्ता गर्ने


सरकार बन्ने पक्का भएपछि मात्र उम्मेदबार घोषणा गर्ने
१० साउन, -राजनैतिक गतिरोधको साँचो माओवादीसँग रहेको निष्कर्ष निकालेका विपक्षी काँग्रेस र एमालेले आज एकीकृत नेकपा माओवादीसँग निर्णायक बार्ता गर्ने भएका छन् ।अहिले केहिबेरमा एमाले पार्टी केन्द्रीय कार्यालय बल्खुमा बस्ने बैठकमा तीनदलले छलफल गरेर संक्रमणकालीन अवस्थाको अन्त्य गर्ने तयारी गरेको एमाले सचिव विष्णु पोख्रेलले जानकारी दिनुभयो । बैठकमा राजनीतिक गतिरोध अन्त्य, सहमतीय सरकार गठन, निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

वर्तमान राजनैतिक गतिरोध अन्त्यका विषयमा छलफल गर्न मंगलबार बसेको दुई दलका शीर्ष नेताहरुको बैठकले माओवादी गतिरोध अन्त्यभन्दा पनि सत्ता लम्याउन मात्र केन्द्रीत भएको भन्दै निर्णायक वार्ता गर्ने निर्णय गरेको थियो ।

तीन दलको बैठकमा कांग्रेस र एमालेले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामालाई सर्तका रुपमा अघि सार्ने सहमति गरेका छन् ।

माओवादीले भने निर्वाचन, शान्ति प्रक्रियाका प्राविधिक विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । लाकू समायोजनका प्रविधिक विषयमा कांग्रेस र एमालेले लचकता नअपनाए शिविरमा रहेको हतियार सरकारलाई नबुझाई संग्राहलय बनाएर राख्ने र सबै लडाकूलाई स्वेच्छिक अबकासमा पठाउने माओवादीको निर्णय छ । लडाकूहरुको उमेरमा विवाद देखिएपछि पछिल्लो समय लडाकू समायोजन प्रक्रिया अवरुद्ध भएको छ ।

संविधानसभा र संसद दुबैको काम गर्ने निकायको नयाँ निर्वाचनमा जान सहमत दलहरुबीच संविधानसभा कि संसदको भन्नेमा विवाद छ । माओवादीले संविधानसभा र कांग्रेस र एमालेले संसदको भन्दै आएका छन् ।

 

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.