Daily Archives: 23/07/2012

नेपाल पत्रकार महासंघ कुवेत शाखालको अधिबेशन सेप्टेम्बर दोश्रो हप्तामा हुने


हरी कृष्ण न्यौपाने कुवेत, नेपाल पत्रकार महासंघ कुवेत तदर्श शाखाले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको बैदेशिक नियमावली अन्तर्गत रहने गरी बैदेशिक शाखाको रुपमा सम्बन्धन प्राप्त गर्ने भएको छ।यसको लागि प्रारम्भिक चरणको प्रकृया पुरा भैसकेको छ भने अन्तिम प्रकृया स्वरुप नेपाल पत्रकार महासंघ केन्द्रिय प्रतिनिधिको उपस्थितीमा आगामी सेप्टेम्बर दोश्रो हप्ता अधिबेशन गर्न कुवेत तदर्श कमिटी तयारीमा लागेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अर्घाखाँची दुर्घटनाका मृतकमध्ये १३ जनाको परिचय खुल्यो


गणेश खनाल
८ साउन, अर्घाखाँची – अर्घाखाँची जिल्लामा फोर्स गाडी दुर्घटनामा परी १५ जना मध्ये १३ जनाको परिचय खुलेको छ । दुर्घटनामा परेका ५ जना यात्रु गम्भीर घाईते भएका छन् ।मृत्यु हुनेमा अर्घाखाँची बाँगीका गाडी मालिक नारायण प्रसाद पन्थी, कपिलवस्तु चन्द्रौटाका गाडी चालक राजेन्द्र चौधरी, सीतापुर-३ का सहचालक पदम क्षेत्री, अर्घाखाँची केरुङा घर भई जन सम्पर्क कार्यालय सन्धिखर्कमा कार्यरत मेघराज खनाल र दाङका कृष्ण चौधरी, वाङला देउरालीकी सीता बस्नेत, पढ्नेक्रम जारी राख्नुहोस्

मंसिर ७मा चुनाव हुन सक्दैन : आयोग


अर्जुन सुवेदी, काठमाडौं, साउन ८- निर्वाचन आयोगले मंसिर ७ मा घोषित संविधानसभा चुनाव सम्भव नभएकाले सहमतिमा अर्को मिति तोक्न सुझाव दिएको छ। प्रमुख तीन दलका शीर्ष नेताहरुलाई हिजो आयोगमै बोलाएर कानुनी जटिलताका कारण घोषित मितिमा चुनाव हुन नसक्ने जनाएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

प्रणव मुखर्जीलाई बाबुराम भट्टराईको टेलिफोनबाटै शुभकामना


काठमाडौ, साउन ८ – भारतका नवनिर्वाचित राष्ट्रपति प्रणव मुखर्जीलाई प्रधानमन्त्री बाबुराम भट्टराईले आज विहान टेलिफोन सम्पर्क गरी बधाई ज्ञापन गरेका छन् ।  भट्टराईले मुखर्जीको विजयमा नेपाली जनता र राजनीतिक दलहरु खुसी रहेको बताएको उनका सहयोगी विश्‍वद्वीप पाण्डेले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्