Daily Archives: 22/07/2012

इन्टरनेटमा अपलोड भएको पहिलो तस्वीर


विश्वमा इन्टरनेटमा अपलोड भएको पहिलो तस्वीर कुन होला ? वास्तवमा सबैको चासोको विषय बन्न सक्छ । अझ चासोको विषय कति वर्ष पहिले विश्वमा पहिलोपटक इन्टरनेटमा तस्वीर अपलोड भएको होला ? इन्टरनेटको दुनियामा अहिले निकै ठूलो विकाश भैरहेको छ र हरेक साधारण प्रयोगकर्ताले विभिन्न साइटहरु मार्फत समेत अपलोड गर्ने तस्वीरहरु समेत गरी इन्टरनेटमा अपलोड गरिएका तस्वीर अनगिन्ती पुगिसकेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

वैद्य माओवादीले देशभरका उच्च मावि बन्द गरायो, पाँचथरमा अनिश्चितकालीन बन्द


श्रावण ७ – नेकपा-माओवादी निकट अनेरास्ववियु क्रान्तीकारीको आहृवानमा आइतबार देशभरका उच्च मावि बन्द भएका छन् । विदेशी नाम राख्ने उच्च माविले नेपाली राष्ट्रियता झल्कने नाम राख्नुपर्ने, महँगो शैक्षिक शुल्क खारेजी, महँगो होर्डिङ बोर्ड हटाउनुपर्ने लगायतका माग गर्दै अखिल क्रान्तिकारीले आइतबार र सोमबार देशभरका उच्च मावि बन्द आहृवान गरेको संयोजक शरद रसाइलीले जानकारी दिए । बन्दका कारण देशभरका ५ सय ७६ उच्च माविको पठनपाठन ठप्प भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दाहालले प्राडो फिर्ता गरे


गंगा बीसी
श्रावण ७ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले चढ्दै आएको प्राडो फिर्ता गर्न सचिवालयलाई निर्देशन दिएका छन् । बिलासी बनेको भन्दै सातौं विस्तारित बैठकमा आलोचना भएपछि दाहालले सुविधा फिर्ताको घोषणा गरेका थिए । दाहालको निजी सचिवालय स्रोतका अनुसार महँगो प्राडो सरकारलाई नै फिर्ता दिइनेछ भने सरकारले दिने सुविधाबापतको सवारी नै दाहालले प्रयोग गर्नेछन् । पढ्नेक्रम जारी राख्नुहोस्

निर्वाचन आयोगले शीर्षदलहरुसँग छलफल गर्दै


७ साउन, काठमाण्डौं – निर्वाचन आयोगका आयुक्त डा अयोधीप्रसाद यादवले आज शीर्षदलका नेताहरुसँग छलफल गर्नुहुने भएको छ । निर्वाचन सम्बन्धी कानून संसोधनको ’boutमा छलफल गर्न दिउँसो ३ बजे प्रमुख तीन दलका शीर्ष माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति सुशिल कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई बोलाइएको यादबले जानकारी दिनुभयो । तीन दलका प्रमुख नेताहरुको बैठकमा दलीय सहमति गरेर कानून संसोधन गर्ने र आयोगले दिने थप समयको ’boutमा छलफल हुने बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेस-एमाले सम्बन्ध चिसिँदै


गोविन्द परियार,  साउन ७- राजनीतिक संकट समाधानका विषयमा विपक्षी दल कांग्रेस र एमालेबीच मतभेद देखिएको छ। शान्तिप्रक्रिया र संविधान निर्माणमा दुई दलबीच समान धारणा रहे पनि एमालेले संविधानसभा पुनर्स्थापनाको औपचारिक विरोध गरेपछि कांग्रेससँगको सम्बन्ध चिसिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्