फेला पर्यो मोनालिसाको कंकाल


लियो नार्दो दा भिन्चीले बनाएको मोनालिसाको तस्वीर विश्वचर्चित छ । तर अहिलेसम्म पनि उक्त तस्वीरमा मोनालिसाले दिएको मुस्कानको रहस्य खुल्न सकेको छैन । मोनालिसाको मुस्कानको रहस्य पत्ता लगाउन भन्दै वैज्ञानिकहरु विभिन्न तरिकाले जुटिरहेका पनि छन् । तर अब भने मुस्कानको रहस्य मात्र नभएर मोनालिसाको ’boutमा अरु विभिन्न तथ्य खुल्ने आशा गरिएको छ । इटालीमा मोनालिसाको कंकाल फेला परेपछि यस्तो अपेक्षा गढिलो भएको हो ।

वैज्ञानिकहरुले मोनालिसाको पार्थिव सरीर गाडिएको चिहानबाट उनको कंकाल फेला पारिएको दाबी गरेका छन् । खास नाम लीजा गेरार्डिनी भएकी मोनालिसाको कंकाल उत्खननको क्रममा फेला परेको पुरातत्वविद्हरुको भनाइ छ ।

रेशम व्यापारीकी पत्नी रहेकी लीजा गेरार्डिनी अर्थात् मोनालिसाको सन् १५४२ जुलाई १५ तारेखमा पादरी उर्सुलाको चर्चमा निधन भएको थियो । सोही स्थानमा अघिल्लो वर्षदेखि उत्खनन सुरु गरिएकोमा हालै मात्र एक कंकाल फेला परेको हो । उक्त कंकाल मोनालिसाको भएको दाबी पुरातत्वविद्हरुको छ ।

अब मोनालिसाका दुइ सन्तानको अवशेषको डिएनए सँग उक्त कंकालका डिएनएको तुलाना गरी उक्त कंकाल मोनालिसाको भएनभएको पक्का गरिने बताइएको छ । उक्त कंकाल मोनालिसाको भएको पक्का भएपछि वैज्ञानिकहरुले डिएनए संरचनाको आधारमा मोनालिसाको मुखाकृतिको तस्वीर तयार पार्नेछन् । यदि यसरी तयार पारिने तस्वीर लियोनार्दो दा भिन्चीले बनाएको तस्वीरसँग मेल खाएमा त्यसपछि उक्त तस्वीरको मुस्कानको रहस्य खोज्न सकिने विश्वास उनीहरुको छ ।

स्मरण रहोस् लियोनार्दो दा भिन्चीले तेलचित्रको रुपमा बनाएको यो तस्वीर सन् १५०४ मा सुरु गरेर १५१९ मा पूरा गरेका थिए ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.