ड्युटीमा ‘आमा प्रहरी’


काँकडभिट्टा, श्रावण ६ – झापाको चारआलीस्थित प्रहरी चौकीमा कार्यरत हवल्दार मीना लामा चार महिने शिशु बोकेरै ड्युटी जान्छिन् । जिल्ला कारागार चन्द्रगढीमा कार्यरत अर्की हवल्दार मीरा राईकी २ वर्षीया छोरी हरदम उनी साथै हुन्छिन् ।

‘राइफल च्याप्नु कि बच्चा च्याप्नु हुन्छ,’ ललितपुरबाट हालै काज सरुवा भएर आएकी मीनाले कान्तिपुरसँग भनिन्, ‘तर के गर्ने जसरी भए पनि ड्युटी त पूरा गर्नैपर्‍यो ।’यी दुई प्रतिनिधि पात्र मात्रै हुन् । । देशभर कार्यरत आमा प्रहरीको अवस्था यस्तै कष्टकर छ । झापामा कार्यरत ६८ महिला प्रहरीमध्ये एकाधका बाहेक सबैको समस्या उस्तै छ । चारआली चौकीमा मात्रै तीन जना आमा प्रहरी कार्यरत छन् । जसका कारण ड्युटीमा समेत कठिनाइ उत्पन्न हुने गर्छ ।

हवल्दार मीरा ओलीका पति पनि प्रहरी हुन् । दुवै हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन् । डेरामा बच्चा हेर्ने कोही आफन्त नभएपछि बच्चा बोकेरै ड्युटीमा जानु उनीहरूको रहर नभएर बाध्यता बनेको छ । ‘डेरामा हेर्ने कोही छैनन्,’ सञ्चार शाखामा ड्युटी गरिरहेकी मीरा भन्छिन्, ‘त्यसैले यतै ल्याउँछौं, हामीसँगै बस्छ, खान्छ, खेल्छ ।’

पति, पत्नी नै प्रहरी सेवामा त्यो पनि एकै ठाउँ हुँदा त सजिलै होला तर कसैका पति विदेशमा त कसैका सेनाका जागिरे हुँदा भने समस्या झन् विकराल हुन सक्छ । यस्तै समस्या छ, चारआली चौकीमा कार्यरत सिपाही कल्पना भण्डारी र अर्की प्रहरी कविता अधिकारीको । कल्पनाका पति भर्खरै प्रहरी मिसनमा विदेश गएका छन् । अहिले उनलाई २ वर्षे बच्चा सम्हाल्न धौधौ परेको छ । झापा धाइजनकी भण्डारी भन्छिन्, ‘तर घरमा बुबाआमाले धेरै सहयोग गरिरहनुभएको छ ।’

बच्चासहित ड्युटी गर्नुपर्ने बाध्यताका कारण कार्यालय प्रमुखले अह्राएको ठाउँमा समेत जान नसक्ने महिला प्रहरीको बाध्यता छन् । ‘बच्चा बोकेर गएपछि ड्युटीमा एकाग्रता नै हुँदैन,’ कविता भन्छिन्, ‘हाकिमको नजरमा समेत नराम्रो भइन्छ ।’ दुई वर्षअघि उनले बच्चा दुई महिनाको हुँदादेखि ड्युटी सुरु गरेकी थिइन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार झापामा कार्यरत कुल महिला प्रहरीमध्ये ६० भन्दा बढी बच्चाका आमा छन् । महिला प्रहरीहरू बडो कष्ट सहेर ड्युटी पूरा गर्दै आएका छन् ।

Source:ekatipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.