विस्तारित बैठकमा बाबुराममाथि हातपातको प्रयास


बोल्न नदिएको भन्दै बैठक बहिष्कार
५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि हातपातको प्रयास भएको छ । भोजपुरा राज्य समितिको तर्फबाट बलिदान साहले बोल्ने क्रममा प्रचण्ड पक्षधर नेता कार्यकर्ताले हुटिङ गरेपछि मञ्चमा रहेका भट्टराई र देवेन्द्र पौडेल लगायतका नेताहरुले त्यसको प्रतिवाद गरेका थिए । मञ्चमा सँगै रहेका प्रचण्ड पक्षका जनार्दन शर्मा प्रभाकरले बाबुरामलाई हातपातको प्रयास गरेपछि होहल्ला बढ्यो ।

बाबुराम पक्षधर साहले भन्दा पहिले आफ्नो पक्षका अशोक जैसवालले बोल्नुपर्ने प्रचण्ड पक्षधरको माग थियो । तर लिस्टमा पहिलो नम्बरमा नाम रहेको र बोल्न पनि थालिसकेकोले साहले बोलेपछि जैसवालले बोल्नुपर्ने बाबुराम पक्षधरले आवाज उठाए । बैठकमा सहभागी एक नेताका अनुसार भनाभन बढ्दै जाँदा दुवै पक्षबीच हात हालाहालकै अवस्था आयो । प्रचण्ड पक्षधरले होहल्ला र हुटिंग गरेपछि बाबुराम पक्षधरले प्रतिवाद गर्दै बैठक बहिष्कार गरेका हुन् । बैठक आधा घण्टाको लागि स्थगित भएको छ । तर शीर्ष नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् ।

Source: Onlinekhabar

 

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.