बारा क्वाटरफाइनलमा


बारा, श्रावण ५ – एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा सफलता हात पार्दै बारा क्वाटरफाइनल प्रवेश गरेको छ । उसले कञ्चनपुरलाई २-० ले पराजित गर्‍यो । बाराका लागि सपना बस्नेतले २५ औं मिनेटमा पहिलो गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएकी थिइन् । उनले लक्ष्मी थापाले हानेको कर्नर बललाई सदुपयोग गर्दै जाली चुमाएकी थिइन् । सपना गोलेले ३८ औं मिनेटमा फ्रिकिकमार्फत बललाई जाली चुमाउँदै अग्रता दोब्बर पारिन् । पहिलो हाफमा दुई गोलले पछि परेको कञ्चनपुरले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरे पनि गोल भने गर्न सकेन ।कञ्चनपुरकी जानकी बोहोरा डिबक्सभित्र पाएको बललाई सदुपयोग गर्न चुकिन् । खेलको अन्तिममा एक्लै पोस्टमा पाएको बल स्वस्तिका चौधरीले पोस्ट बाहिर प्रहार गरिन् । कञ्चनपुरकी गोलकिपर खुना चौधरीले दर्जनौं प्रहार रोकेकी थिइन् । यसअघि पहिलो चरणमा बाराले उदयपुरलाई तथा कञ्चनपुरले काठमाडौंलाई पराजित गरेका थिए । प्रतियोगितामा शुक्रबार धनकुटा र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

रौतहटद्वारा ताप्लेजुङ पराजित

रौतहट- रेनुका नगरकोटीको उत्कृष्ट प्रदर्शन मदतले राष्ट्रिय महिला फुटबलमा बिहीबार रौतहट ताप्लेजुङलाई ४-० ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । घरेलु मैदानमा रौतहटको यो दोस्रो जित हो । यसअघि उद्घाटन खेलमा उसले नवलपरासीलाई १२-० ले हराएको थियो । 

रौतहटले ताप्लेजुङमाथि खेल सुरुदेखि नै दबाबमा पारे पनि पहिलो हाफमा कुनै गोल गर्न सकेन । तर दोस्रो हाफपछि रौतहट अझ आक्रामक रूपमा प्रस्तुत भयो । खेलको ५१ औं मिनेटमा घरेलु टिमकी रेनुका नगरकोटीले गोल गर्दै खाता खोलेकी थिइन् । उनले डिएरियाभन्दा बाहिरबाट प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो ।

उनले पहिलो खेलमा नवलपरासीविरुद्ध ह्याटि्रक गरेकि थिइन् । ३३ आंै मिनेटमा ताप्लेजुङकी डिफेन्डर संगीता गुरुङले हानेको पि|mकिक रौतहटकी गोलकिपर रूपा रानामगरले नियन्त्रणमा लिएकी थिइन् ।

निकै रोमाञ्च खेलमा पहिलो हाफमा दुवै टिमले गोलको मौका पाए पनि गर्न सकेनन् । खेलको ४३ आंै मिनेटमा ताप्लेजुङले गोल गर्ने सुनौलो मौका गुमाएको थियो । खेलको ६० औं र ७१ आंै मिनेटमा रौतहटकी सपना लामाले टिमका लागि लगातार दुई गोल गरी टिमलाई ३-० को अवस्थामा पुर्‍याइन् । लामाले रेनुका नगरकोटीले दिएको पासलाई सदुपयोग गर्दै टिमका लागि तेस्रो गोल गरिन् ।

टिमका लागि रोशनी रखालले ७५ औं मिनेटमा चौथो गोल गरिन् ।

 ताप्लेजुङकी संगीता गुरुङले पटक-पटक रौतहटको गोलपोस्टमा बल लैजाने प्रयास गरे पनि डिफेन्डर जानुका थापाले असफल पारेकी थिइन् । रौतहटका सुमित्रा योञ्जन, तारा कुश्वार, मेनुका थापा रीतु लामाले राम्रो प्रदर्शन गरेका थिए ।

ताप्लेजुङका डिफेन्डर रजिता गुरुङ, अमृता राई, छम्भु गुरुङले पनि उत्कृष्ट खेल पस्केका थिए । पहिलो खेलमा ताप्लेजुङले सुर्खेतलाई ९-० ले हराएको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा दर्शकको उल्लेखनीय सहभागिता रहेको थियो । लगातारको वषर्ामा समेत भिजेर दर्शकले खेलको मनोरञ्जन लिएका थिए । प्रतियोगितामा शुक्रबार मोरङ र कैलालीबीच खेल हुनेछ ।

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.