सुरेन्द्र पौडेल, काठमाडौं, साउन ४- आकर्षक तलब सुविधाको प्रलोभनमा दलालमार्फत दक्षिण अफ्रिकी राष्ट्र माडागास्कर पुर्यामइएका ५० भन्दा बढी नेपाली पाँच महिनादेखि अलपत्र छन्। राहदानी खोसेर विभिन्न होटल र निजी घरमा थुनिएका उनीहरु मागेर छाक टारिरहेका छन्।
‘काम लगाइदिन्छु भनेर यहाँ ल्याएर छाडेको पाँच महिना भयो,’ माडागास्करमा अलपत्र सर्लाही, बेली- १ का लालबाबु ठाकुरले नागरिकसँग फोनमा भने, ‘कसैलाई घरमा, कसैलाई होटलमा थुनेर राखिएको छ।’
३० कामदारसहित एक होटलमा थुनिएका ठाकुर अहिले एउटा निजी घरमा सारिएका छन्। ‘पहिले ३० कामदारसहित एउटा होटलमा राखेकामा अहिले यहीँको एक घरमा सारिएको छ,’ उनले भने, ‘घरमा मलगायत चारजना थुनिएका छौं।’
बाँकीलाई विभिन्न होटलमा थुनेर दलाल फरार भएको ठाकुरले जानकारी दिए।
माडागास्करमा अलपत्र सर्लाहीका श्याम आले, काँकरभिट्टाका खड्गबहादुर दाहाल, धनकुटाका श्यामबहादुर राई, बुद्धिमान तामाङ, दीपक थापा, सञ्जय मार्द, प्रेमबहादुर क्षेत्री, खगेन्द्रबहादुर दाहाल, सुखबिन्दर सिंह, कुलबन्त सिंहलगायत नेपाली आफ्नो सम्पर्कमा रहेको उनले जानकारी दिए।
सुनील शाही नामका दलालले आफूहरुसँग जनही ३ लाख लिएर मासिक ६ सय अमेरिकी डलर (झन्डै ५२ हजार रुपैयाँ) तलब पाउने कामको प्रलोभन दिएर माडागास्कर ल्याएको ठाकुरले बताए।
शाहीले आफूलगायत केही कामदारलाई फन्दामा पारेको जनाउँदै उनले बाँकीलाई अरू नै दलालले माडागास्कर ल्याएर अलपत्र पारेको उनले जानकारी दिए।
‘हामी अलपत्र परेको पाँच महिना भयो, अझै पनि रोजगारी लगाइदिन्छु भन्दै नेपाली यहाँ ओसारिरहेका छन्,’ ठाकुरले भने, ‘अलपत्र पर्नेमध्ये पाँचजना तीन दिनअघि मात्र यहाँ आइपुगेका हुन्।’
ठाकुरसहित एउटा समूहलाई शाहीले फागुन १ गते माडागास्कर पुर्या एका थिए। अलपत्रमध्ये धेरै एक साताको अन्तरमा त्यहाँ पुगेका थिए। ठाकुरका अनुसार अलपत्र पर्ने सबैलाई काठमाडौंबाट दिल्ली, दिल्लीबाट मुम्बई, मुम्बईबाट केन्या हुँदै त्यहाँ पुर्या इएको थियो। काठमाडौंबाट शाहीलेे र मुम्बईबाट माडागास्कर पठाउने काम खेमप्रसाद राई भन्ने व्यक्तिले गरेको ठाकुरले जानकारी दिए।
‘स्टोर किपर’ को जागिर लगाइदिने आश्वासन दिएर माडागास्कर पुर्याथइएका ’emलाई त्यहाँ यादव नेपाल नामका दलालले होटलमा लगी राखेका थिए। ‘उनैले माडागास्कर पुग्नेबित्तिकै भिसा थप गर्नुपर्ने बताउँदै सबैको राहदानी लिएका थिए,’ ठाकुरले भने।
दलालले राहदानी फिर्ता नगरेपछि अलपत्र नेपालीले स्थानीय प्रहरीलाई घटना’bout जानकारी गराएका थिए। लगत्तै पक्राउ परेका नेपाल थुनामा रहेको ठाकुरले बताए। ‘हामीसँग अहिले राहदानी पनि छैन, खाने पैसा पनि छैन,’ ठाकुरले भने, ‘मागेर एक छाक खाएर बाँचेका छौं।’
नेपाल पक्राउ परेपछि होटलमा १० हजारभन्दा बढी अमेरिकी डलर तिर्न बाँकी रहेको भन्दै होटलले केही कामदारलाई थुनेर राखेको ठाकुरले बताए। नेपालको साथबाट बरामद राहदानी प्रहरीले राखेको पनि उनले जनाए।
‘अहिले हामीमध्ये केहीलाई होटल र केहीलाई घरमा कडा निगरानीमा राखिएको छ,’ ठाकुरले भने, ‘मुम्बईबाट सँगै आएर अलपत्र केही भारतीयलाई भारतले उद्धार गरिसक्यो। हाम्रो कुरा सुनिदिने कोही भएन।’
Source: Nagarik
thik bhaya6 dherai paisa ko lobha le garda yashtai hun6 nepal bat saram garera janu parne ma bishwash gardainau manpower ko badanam garchau tehi karan le garda dhukh paunu parcha.
jun dhesh sarkar le jana ko lagi bandej gareko 6 tehi jane lai karbahi hunu parcha.