डम्बर जङ मल्ल,कुवेत
यो मेरो कलमको गतिलाई कहाँबाट सुरु गरौँ ? लेख्ने हातहरु थर–थर कापि रहेका छन,मनमा एका एक गर्दै विगतका धमिला तस्वीरहरुले आधी बेरी ल्यही रहेको छ। यो क्षण यर्थातको धरातलमा भासिन पुगेको छु। मेरो समयको बहाव सँगै पूराना स्मृतिहरु मानसपटलबाट एक पछी अर्को गर्दै धमीलिदै जाँदै रहेछन। यो जिन्दगी फुलैफुलको थुङा जस्तो नहुदो रहेनछ, कती धेरै भबिष्यका योजनाहरु बुनी बस्थौं आखिर वास्तविकता सोचे जस्तो हुदो रहेनछ । हाम्रो मिलनको अर्को भेटको आशा मनमा संगालेर विदाईका हात हल्लार्यौ।
तिमीले हाम्रो असम्भाविक मिलनलाई कसरी लियौ त्यो मलाई थाहा छैन मेरो दु:खप्रती आँफैले सहानुभुती देखाउदै मैले मेरो अनुभूति तिमीलाई सुनाउँन चाहे थोरै भए पनि मेरो विगत र तिमी सँगको मेरो भेट’bout तिमीलाई परिचित गराउन चाहे त्यसैले अहिले तिम्रो व्यस्त समयलाई मैले हस्तक्षेप गर्न खोजे। कृपया, मलाई माफ गर्नु ।
जिन्दगीका गल्छेडालाई छिचोल्ने क्रममा अनायासै संयोगले भएको हाम्रो यो मिलन मेरो मानसपटलमा सदा अविस्मरणीय भएर सजिने छ जसरी वर्षौ देखिका मेरा स्वर्णीम अतित सजीएका छन्। अब अन्तमा, तिम्रो यसमा केही दोष छैन। तिमीसँग गाँसिएको तिम्रो सुन्दर नाम जत्तिकै निर्मल, स्वच्छ र पवित्र छौं। साच्चीकै मन देखि नै भन्छु तिमी निकै प्यरी छौं। र सदा सदाकालागि प्यरी नै रहने छौं।