काठमाडौं, साउन ४ – लडाकुको मागलाई लिएर आज बिहान बसेको एकीकृत माओवादीको स्थायी सिमति बैठक सकिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकले लडाकुको माग छानविन गर्न र सम्बोधन गर्न अयोग बनाउने निर्णय गरेको छ । आयोग सदस्यको लागि बैठकले पदाधिकारी तोक्ने निर्णय गरेको छ ।
बैठकमा उपस्थित पूर्वलडाकुले विभिन्न डिभिजनबाट प्रति व्यक्ति ५ सय र १ हजारका दरले उठाएको रकम तथा शिविर छाड्ने लडाकुहरूको भत्ता र रासनबापतको रकमको हिसाब देखाउन माग राखेका थिए ।
यसैगरी आज बिहान ११ बजेदेखि सुरु हुने भनिएको विस्तारित बैठक स्थायी समितिको बैठकले गर्दा दिउसो तीन बजेसम्मका लागि सारिएको छ । विस्तारित बैठक तीन बजेपछि सुरु हुने बताइएको छ ।
Source: nagarik