Daily Archives: 19/07/2012

मैले मेरो अनुभूति तिमीलाई सुनाउँन चाहे


डम्बर जङ मल्ल,कुवेत

यो मेरो कलमको गतिलाई कहाँबाट सुरु गरौँ ? लेख्ने हातहरु थर–थर कापि रहेका छन,मनमा एका एक गर्दै विगतका धमिला तस्वीरहरुले आधी बेरी ल्यही रहेको छ। यो क्षण यर्थातको धरातलमा भासिन पुगेको छु। मेरो समयको बहाव सँगै पूराना स्मृतिहरु मानसपटलबाट एक पछी अर्को गर्दै धमीलिदै जाँदै रहेछन। यो जिन्दगी फुलैफुलको थुङा जस्तो नहुदो रहेनछ, कती धेरै भबिष्यका योजनाहरु बुनी बस्थौं आखिर वास्तविकता सोचे जस्तो हुदो रहेनछ ।  हाम्रो मिलनको अर्को भेटको आशा मनमा संगालेर विदाईका हात हल्लार्यौ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

पूर्वलडाकुको माग सम्बोधन गरिने


काठमाडौं, साउन ४ – लडाकुको मागलाई लिएर आज बिहान बसेको एकीकृत माओवादीको स्थायी सिमति बैठक सकिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको  बैठकले लडाकुको माग छानविन गर्न र सम्बोधन गर्न अयोग बनाउने निर्णय गरेको छ । आयोग सदस्यको लागि बैठकले पदाधिकारी तोक्ने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

५० नेपाली माडागास्करमा बन्धक


सुरेन्द्र पौडेल, काठमाडौं, साउन ४- आकर्षक तलब सुविधाको प्रलोभनमा दलालमार्फत दक्षिण अफ्रिकी राष्ट्र माडागास्कर पुर्यामइएका ५० भन्दा बढी नेपाली पाँच महिनादेखि अलपत्र छन्। राहदानी खोसेर विभिन्न होटल र निजी घरमा थुनिएका उनीहरु मागेर छाक टारिरहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

बाढिले दाङका दुइहजार भन्दाबढी घर डुवानमा


४ साउन, दाङ – अविरल वर्षा पछि आएको बाढीका कारण दाङको दउखुरीमा एकहजार भन्दा बढी घर ढुवामा परेका छन् । राप्ती नदी र स्थानिय दुलई खोला र सिंगे खोलामा आएको वाढीले देउखुरीका सोनपुर गाविसका वडा नम्बर २, ३, ७ र ९ तथा सिसहनियाँ गाविसका वडा नम्वर ४, ५, ६ र ७ का करीव २ हजार घर डुवानमा परेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

चितवनका माधवले कतारमा गरे आत्महत्या


 दोहा , गीतानगर ४ चितवनका माधव प्रसाद रिजालले कतारमा आत्महत्या गरेका छन् । लगभग अढाई महिना अघिमात्र कतार आएका रिजाल “जि फोर एस” कम्पनीमा क्लिनिङमा कार्यरत थिए । कतार आएर एक महिना जति मात्र ड्युटी गरेका रिजाल पायल्सको दीर्घ रोगी रहेको उनीसंगै कोठामा रहने पोखराका देवराज अधिकारीले बताए । पढ्नेक्रम जारी राख्नुहोस्