होस् गर्नुस् टिपटप युवतीले चोर्लान्


कुनैपनि ब्यक्तिलाई आर्कषक पहिरनमा देखेर झट्ट कसैलाई पनि विश्वास नगर्नु होला । लवाई र वोलिचालीकै भरमा विश्वास गरे धोका हुनसक्छ । मंहगो कपडामा सजिएर झकिझकाउ बनेर हिड्ने एक युवतीले यहाँ त्यस्तै हर्कत देखाएकी छन् । सधै टिपटप भएर महंगा होटलहरुमा देखिने गोर्खा घर भएकी २१ वर्षीया पुजा थापामगर वडा प्रहरी कार्यालय बैदाममा छिन् । यि युवतीलाई पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका मंहगा होटलहरु बुक गरी पाहुनाहरुको रकम र सुन लुटेको आरोप लागेको छ । 

चार दिनअघि पक्राउ परेकी उनी विरुद्व प्रहरीले चोरी मुद्दा दर्ता गरेको छ । लेकसाइडस्थित बेड रक होटलमा बसेकी उनी भाग्दै गर्दा समातिएकी हुन । बाथरुमको झ्यालवाट छिरेर मुख्य सडकमा पुगेकी उनलाई भाग्दा भाग्दै पक्राउ गरिएको वैदामका प्रहरी निरीक्षक शेरवहादुर चन्दले बताए । उनको साथवाट कोठाको लक खोल्ने लगायतका सामग्री बरामद भएको छ । 

होटलमा बस्दा पाहुनाहरुको चियोचर्चा गदै रकमवाला चाल पाएपछि नजिकै कोठा सारेर उनले चोरीको योजना बुन्दै आएकी थिइन । ‘यस्तो टेक्निक लगाएर युवती एक्लैले चोरी गरेको घटना जिल्लामा पहिलो हो’ चन्दले भने, ‘चोरी गर्ने उनको टेक्निक पनि नयाँ देखियो ।’

उनका अनुसार प्राय एयर कण्डिसन (एसी) रुम खोज्ने र होटलहरुमा उच्च खानदानी परिवार जस्तै हाउभाउ देखाउने भएकाले समेत होटल संचालकले पनि सजिलै उनलाई कोठा उपलब्ध गराउँदै आएको थिए । प्रहरीका अनुसार उनले पोखरामा चार तौला सुन, झण्डै तीन लाख रुपैया चोरी गरेको उजूरी परेको छ । गत चैतमा उनले पोखराको रत्नचोकस्थित एक ब्युटीपार्लरमा काम गर्ने बाहनामा ५० हजार रुपैयाँ र तीन तोला सुन बोकेर भागेकी थिइन । 

‘अहिले ब्युटीपार्लर संचालिका र विदेशी पर्यटकको उजुरीको आधारमा उनलाई चोरी सम्बन्धी मुद्दा चलाइएको हो’ जिल्ला प्रहरी कार्यालय अपराध शाखाका प्रमुख प्रहरी निरीक्षक रविन्द्रराज पौडेलले भने, ‘चोरीको प्रकृति हेरेर कार्वाही प्रकृया अघि बढाइनेछ ।’ उनका अनुसार यस्तै प्रकृतिको मुद्दा यसअघि हनुमान ढोका प्रहरीमा समेत परेको बुझिन आएको छ । 

काठमाण्डौंमा बस्दै आएकी  अभियुक्त थापा गत चैत महिनादेखि हरेक महिनाको एक साता पोखराका होटल बुक गर्दै चोरी गर्दै आएको प्रहरी समक्ष स्वीकारेकी छिन् । दुई वर्ष काठमाण्डौंको सिटी सेन्टरमा काम गरेकी थिईन । कुनै मोडल र सिनेमाकी नायिकाले जस्तै पहिरन फेर्ने उनले चुरोट पिउने र अग्रेजी वोल्ने प्रहरीले जनाएको छ । 

Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.