नेपाल घुम्न जानेलाई आकर्षक अफर


मलेसिया एअरलाइन्स (मास) को ट्राभल–आर्म (मास होलिडेज्) ले नेपाल घुम्न चाहने पर्यटकका लागि बिशेष भ्रमण योजना सार्वजनिक गरेको छ । मासले आगामी सेप्टेम्बर १ मा नेपाल उड्दैछ । 

मंगलबार वक्तव्य जारी गरी मासले सेप्टेम्बर १ को उद्‌घाटन उडानमार्फत् नेपाल जानेका लागि एक भ्रमण योजनाको घोषणा गरेको हो । आगामी अगष्ट १५ सम्मका लागि सो योजना लागु हुने जनाइएको छ । उसले आफ्नो सेप्टेम्बर १ को उडान (उद्‌घाटन–उडान) मार्फत जानेका लागि टिकट लिन सो समयावधि एवं प्याकेज सार्वजनिक गरेको हो ।

उद्‌घाटन उडानमार्फत नेपाल जानेले ३ रात र चार दिन चार तारे होटलमा बस्ने पाउने, विमानस्थलबाटै होटलसम्म पुर्याउने हरेक दिन ब्रेकफास्ट र एक दिने काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय एवं धार्मिकस्थलहरु घुम्न पाउने लगायत सुविधा पाउने छन् । काठमाडौं घुम्नेहरुका लागि पथ प्रदर्शकको पनि व्यवस्था गरिएको मासले जनाएको छ ।

मासले आगामी सेप्टेम्बर एक देखि साताका तीन दिन नेपाल उडान गर्दैछ । उडानका लागि हाल बुकिङ खुला गरेको यस एअरलाइन्सले सस्तो भाडादर कायम गरेको छ । 

हाल यहाँ रहेका विभिन्न ट्राभल एजेन्सीहरुले यात्रुका लागि टिकट बुकिङ गरिरहेका छन् । मासले काठमाडौं उडानका लागि करिब डेढसाता अघि देखि नै टिकट बुकिङ खुला गरेको थियो । मलेसिया एअरलाइन्सले नेपाल सीधा उडान थाल्न लागेको यो पहिलो पटक हो । यो मलेसियाको सबैभन्दा ठूलो बजेट एअरलाइन्स मानिन्छ ।

मलेसियाकै अर्को बजेट एअरलाइन्स एअरएसिया ‘एक्स’ले क्वालालम्पुर–काठमाडौं सीधा उडानथालेको दुई हप्ता बित्न नपाउँदै मासले आफ्नो उद्घाटन फ्लाइटमार्फत नेपाल उड्नेका लागि सो व्याकेजको घोषणा गरेको हो । यसअघि एअर एसियाले नेपाल उडान थालेलगत्तै मासले पनि नेपाल उडान आगामी सेप्टेम्बर १ देखि थाल्ने घोषणा गरेको थियो । नेपाल एअरलाइन्स, एअरएसिया र मलेसिया एअरलाइन्स गरी अब नेपाल सीधा उडान भर्ने तीन बिमान कम्पनी हुनेछन् । यी तीन बीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ भने यहाँ कार्यरत नेपाली र नेपाल घुम्न जानेका लागि धेरै सहज हुने बताइएको छ ।

Source:ekantipur 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.