‘राष्ट्रिय सरकारले पत्राचार गरे मात्र भारतबाट हातहतियार’


भारतीय स्थल सेना प्रमुख आफ्नो पाँचदिने नेपाल भ्रमण सम्पन्न गरी शनिबार फर्केका छन तर अपेक्षा गरिए झैं नेपाली सेनामा सात वर्षदेखि ठप्प रहेको हातहतियार खरिद प्रक्रिया शुरु गर्ने’bout कुनै संकेत मिलेको छैन।दिल्लीस्थित भारतीय सेनाका एकजना पूर्व रथीले सातवर्षदेखि गोरखपुरमा रोकिएका हातहतियार लगायतको आपूर्तिका लागि नेपाल सरकारको पत्र आवश्यक रहेको र त्यो अहिलेको काम चलाउ सरकारबाट नभै राष्ट्रिय सहमतिको सरकारका तर्फबाट आउनुपर्ने बताएका छन्।

रोकावट

नेपालमा माओवादी सशस्त्र द्वन्द्व चर्किंदै जाँदा सन् २००२ देखि २००५ सम्म भारतबाट अरबौं रुपैयाँ बराबरको हातहतियार आएको बताइन्छ।त्यसै क्रममा सन २००५मा गोरखपुर आइपुगेर रोकिएको हतियार अहिले पनि त्यहीं रहेको बताइन्छ।नेपाल मामिलामा दखल राख्ने भनिएका एकजना भारतीय प‍्रर्व रथी अशोक मेहता त्यसका लागि नेपाल सरकारको लिखित पत्र आवश्यक रहेको बताउँछन्।उनी भन्छन्, “कामचलाउ सरकारको चिठिले त हुँदैन राष्ट्रिय सरकार बनेर त्यसले चिठि लेख्यो भने कम्तिमा गोरखपुरमा रोकिएका हातहतियार भारत सरकारले तुरुन्तै नेपालका लागि खुला गरिदिनेछ।”

अशोक मेहता, भारतीय पूर्व रथी

“कामचलाउ सरकारको चिठिले त हुँदैन राष्ट्रिय सरकार बनेर त्यसले चिठि लेख्यो भने कम्तिमा गोरखपुरमा रोकिएका हातहतियार भारत सरकारले तुरुन्तै नेपालका लागि खुला गरिदिनेछ।”

अशोक मेहता, भारतीय सेनाका पूर्व रथी

संकट

नेपाली सेनामा हतियारको संकट परिसकेको मेहताको बुझाइ छ।

हतियार संकट’bout नेपाली सेनाले टिप्पणी गर्न चाहेन।

सेनाका प्रवक्ता रमीन्द्र क्षेत्रीले भारतीय प्रमुखको नेपाल भ्रमण पारम्परिक रहेको बताएका छन्।आफू भारतीय स्थल सेना प्रमुख बन्ने बित्तिकै पहिलो भ्रमणका लागि नेपाल रोजेका बिक्रम सिंह भन्दा पहिलेका सेना प्रमुख भीके सिंहले करिब तीन महिना अघि नेपालको भ्रमण गरेका थिए।

Source: BBC Nepali

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.