सिन्धुली, श्रावण १ – जबरजस्ती करणी गरी आफ्नै दिदीको हत्या गर्ने पुरानो झाँगाझोली ९ का १७ वर्षीय रामकुमार थापालाई जिल्ला अदालत सिन्धुलीले २७ वर्षको कैद सजाय तोकेको छ ।गत वर्ष साउन १० गते थापाले आफ्नै दिदी गीताको जबरजस्ती करणी गरेर हत्या गरेका थिए । जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद बगालेको इजलासले कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैद २० वर्ष, जबरजस्ती करणीमा ६ वर्ष र हाडनाता करणीमा १ वर्ष गरी २७ वर्ष कैदको फैसला गरेको हो ।जबरजस्ती करणी गरी विष सेवन गराएर घाँटी भाँची हत्या गरेको भन्दै मृतककी आमा रितुमायाले किटानी जाहेरी दिएकी थिइन्
Source:ekantipur