आकर्षणको बार्षिकोत्सवमा रक्तदान


आकर्षण इन्टरनेशनल प्रालिले आफ्नो सातौ वार्षिकोत्सवको अवसर पारेर सोमवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आकर्षणको एयरपोर्ट कालिमाटीडोलस्थित आफ्नै कार्यालय प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा ४९ जनाले रक्तदान गरेका थिए । 

बैदेशिक रोजगार व्यवसायीहरु सामाजिक दायित्वबाट टाढा छन् भन्ने आरोप लागिरहँदा आकर्षण इन्टरनेशनलले आफ्नो वार्षिकोत्सव रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।  

२०६२ साउन १ गते स्थापना भएको आकर्षण इन्टरनेशनलले हालसम्म १० हजार भन्दा वढि नेपाली कामदारलाई वैदेशिक रोजगारमा पठाइसकेको छ । उक्त मेनपावर कम्पनीले मलेसियाको रोजगारीलाई प्राथमिकता दिदै आएको छ । 

बार्षिकोत्सवको अवसरमा आकर्षण इन्टरनेशनलका अध्यक्ष विष्णु केसी, प्रवन्ध निर्देशक मिलन थापा, अन्य वैदेशिक रोजगार व्यवसायी, कर्मचारी तथा संचारकर्मीहरुले रक्तदान गरेका थिए । सो अवसरमा अध्यक्ष केसीले अहिले विभिन्न अस्पतालहरुमा देखिएको रगतको अभावलाई पुरा गर्न केही हदसम्म भएपनि सहयोग पुगोस भन्ने उद्धेश्यले रक्तदान कार्यक्रम राखिएको बताए ।

Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.