Daily Archives: 16/07/2012

पटके श्रम स्विकृती अझै कायम,कता हरायो एन आर एन को माग ?


ईन्द्र भुसाल ,पोखरा

बैदेशिक रोजगारिमा खाडी मुलुकमा काम गर्न जाने कामदारहरुले अनिवार्य श्रमस्विकृती  लिनु  पर्ने नेपाल सरकारको निर्णय पछी धेरै नेपालीहरुले श्रम मन्त्रालयको निर्णयलाई आत्मसाथ गर्दै बिदेश गएका छन भने बिमा लगायत अन्य धेरै बिषयमा पनि नेपालीहरुलाई संकट परेको बेलामा सहयोग मात्र पुगेको थिएन नेपाल सरकारलाई कती नेपालीहरु अनुमती लिएर बिदेश गएका छन

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

फेसबुकमा ‘लाइक’ देखेर मख्ख पर्नेहरु होसियार


तपाइँ आफ्नो फेसबुक पेजमा कसैले लाइक गर्यो भने निकै मख्ख पर्नुहुन्छ । सामान्य प्रयोगकर्ताको त के कुरा भयो र ठूलाठूला व्यापारिक कम्पनीहरु पनि आफ्नो फेसबुक पेजमा प्रयोगकर्ताको लाइक पाउनका लागि मरिहत्ते गर्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

पाँचथरमा ३५ विद्यालयको तलब निकासा रोक्का


१ साउन, पाँचथर । पाँचथरमा ३५ विद्यालयका शिक्षकको तलब निकासा रोक्का भएको छ । भौतिक निर्माणको काम समयमा सम्पन्न नगरेको भन्दै जिल्ला शिक्षा कार्यालय पाँचथरले आर्थिक वर्ष ०६८/०६९ को अन्तिम चौमासिकको शिक्षकहरुको तलब रकम रोकिदिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन


१ साउन, काठमाण्डौं – आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिनको रुपमा मनाईदैं छ । असार महिनाभरी हिलोमा पसी खेतीपातीको काम सकेपछि शरीरमा हिलोबाट निस्केका घाउखटिरा तथा शरीर चिलाउने समस्याबाट मुक्त हुन आज साँझ लुतो फाल्ने प्रचलन छ । लुतो फाल्दा साँझमा कुरिलो र तितेपाती आगोमा सल्काई अगुल्टो “लुतो लैजा” भनी चारैदिशा फाल्ने र नाङ्लो ठटाई घरको मूलढोका बन्द गर्ने गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

धादिङको कृष्णभीरबाट त्रिशुलीमा बस खस्यो, कम्तिमा ९ को मृत्यु


नवलपरासीमा अर्को दुर्घटना, तीनको मृत्यु-
समुन्द्र पौडेल, तनहुँ, साउन १- कटारीबाट काठमाडौँ आउँदै गरेको रात्री बस सोमबार बिहान कृष्णभीर नजिकै दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ।  तीब्र गतिमा आइरहेको बस बिहान करिब ५ बजेको समयमा पृथ्वी राजमार्गदेखि करिब २ सय मिटर तल त्रिशुली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्