नेपालीको आम्दानी र ऋण दुवै बढ्यो


सहरी गरिब बढ्यो, रेमिट्यान्सले गाउँको गरिबी घट्यो-
काठमाडौं, असार ३१ – यो वर्षको आर्थिक सर्वेक्षणले मिश्रित नतिजा देखाएको छ। खुसीको खबर- नेपालीको प्रतिव्यक्ति आम्दानी साढे ५ हजार बढेको छ। तर सँगसँगै  प्रतिव्यक्ति ऋण पनि अहिलेसम्मकै बढी भएको छ। विदेशमा काम गर्नेले पठाएको पैसा (रेमिट्यान्स) र मौसमी प्रभावले कृषि उत्पादन बढेपछि नेपालीको आम्दानी प्रति व्यक्ति ५८ हजार २ सय ७४ रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष यो आम्दानी ५१ हजार ७ सय २७ रुपैयाँ थियो। १० वर्षअघिको तुलनामा यो आम्दानी १० गुणा बढी हो।

चालु वर्ष बैंकिङ, पर्यटनजस्ता क्षेत्रको विकासले समग्र सेवामा वृद्धि भएकाले पनि प्रति व्यक्ति आम्दानी बढेको हो। आम्दानीको वृद्धिसँगै गरिबको संख्यासमेत घट्न थालेको छ।

प्रतिव्यक्ति ऋण भने बढेर १८ हजार ८ सय ६७ रुपियाँ पुगेको छ। अमेरिकी डलर अनुसार हिसाब गर्ने हो भने अघिल्लो वर्षभन्दा यो १८ डलरले बढी हो। जबकि अघिल्लो वर्ष त्योभन्दा अघिको आर्थिक वर्षभन्दा प्रतिव्यक्ति ऋण १० अमेरिकी डलरले घटेको थियो।  

सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार, गरिबीको रेखामुनि रहेको जनसंख्या ३०.८५ प्रतिशतबाट २५.१६ मा झरेको छ। सरकारले अर्को वर्षसम्म गरिबीको रेखामुनि रहेकाको संख्या २१ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ।

सहरी गरिब बढ्यो, रेमिट्यान्सले गाउँको गरिबी घट्यो
समग्र गरिबीको जनसंख्यामा कमी आए पनि सहरी गरिबको संख्या भने बढेको सर्वेक्षणले जनाएको छ। सर्वेक्षण अनुसार, सहरी क्षेत्रमा कुल जनसंख्याको १९ प्रतिशत बसोवास गर्छन्। यसमध्ये गरिबीको रेखामुनिको जनसंख्या ९.५५ प्रतिशतबाट बढेर १५.४५ प्रतिशत पुगेको हो।

विश्व बैंकले दैनिक १.२५ अमेरिकी डलरभन्दा कम कमाउनेलाई गरिबीको रेखामुनि राखेको छ। सरकारले यसैलाई आधार मानेर गरिबीको गणना गर्छ।

रेमिट्यान्सको पहुँच भएका कारण ग्रामिण क्षेत्रमा गरिबी ३४.६२ प्रतिशतबाट घटेर २७.४३ प्रतिशतमा आएको छ। सर्वेक्षण अनुसार, गाउँमा कुल जनसंख्यामध्ये ८१ प्रतिशतको बसोवास छ।

गरिबी घट्नुमा साक्षरता वृद्धि, कृषि तथा गैरकृषि क्षेत्रको ज्यालादरमा वृद्धि, व्यावसायिक तरकारी खेतीको विकास, बढ्दो सहरीकरण, सक्रिय जनशक्तिको हिस्सामा भएको वृद्धि र रेमिट्यान्सको प्रमुख भूमिका भएको सर्वेक्षणमा उल्लेख छ।

सरकारका अनुसार, सबैभन्दा गरिब सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलमा छन्। सुदूरको जनसंख्याको ४५.६१ प्रतिशत गरिबीको रेखामुनि छन्। मध्यपश्चिममा भने ३१.६८ गरिबीको रेखामुनि छन्। सुदूरमा कुल जनसंख्याको ८.८ प्रतिशत नेपाली बसोवास गर्छन् भने मध्यपश्चिममा १३ प्रतिशतको बसोवास छ।
सबैभन्दा कम गरिब पूर्वाञ्चलमा छन्। पूर्वमा २१.४४ प्रतिशत मात्र गरिबीको रेखामुनि छन्। पूर्वमा कुल जनसंख्याको २३.३ प्रतिशतको बसोवास छ। मध्यमाञ्चलमा २१.६९ प्रतिशत गरिवीको रेखामूनि छन्। २२.२५ प्रतिशत गरिव पश्चिमाञ्चलमा बस्छन्।

काठमाडौं उपत्यकाको सहरी क्षेत्रमा पनि गरिबीको रेखामुनि ठूलो जनसंख्या रहेको सरकारले सार्वजनिक गरेको छ। यस क्षेत्रमा जनसंख्याको ५.७ प्रतिशत बस्छन्। यसमध्ये ११.४७ प्रतिशत गरिबीको रेखामुनि छन्।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.