नागरिकमा सेक्सी आईटम गीत


विमल पौडेलको निर्देशनमा हाल धमाधम छायांकन भईरहेको चलचित्र नागरिकका समेत एउटा आईटम गीत अटाएको छ । बार डान्सरले आफ्नो पेट पाल्नका लागि लिने टिप्सलाई आधार वनाएर तयार पारिएको आईटम डान्समा नव कलाकार सफलता खनालले नृत्य गरेकी छिन् । शनिवार छायांकन गरिएको आईटम गीतमा आइटम गर्ल सफलता हट देखिएकी थिईन् । हुनत सफलताको यो सिनेमा भित्र आईटम गीतसंगसंगै केही सिन पनि रहेको छ ।
चलचित्रको मुख्य कलाकारमा भने पुराना नायक विश्व वस्नेत रहेका छन् । उनका साथमा सिनेमामा अनु शाह, रमेश वुढाथोकी, गणेश उप्रेति , दिव्य पन्त, सरिता गिरी र नव नायक राहुल केसीको अभिनय रहेको छ ।चलचित्रमा अच्युत घिमिरेको नृत्य, राजु विक्रम थापाको छायांकन, लक्ष्मण शेषको संगीत रहेको छ । आखिर नागरिकभित्र के छ त ? निर्देशक पौडेलले भने, ‘सिनेमा राजनीतिक धारमा नै निर्माण भएको सिनेमा हो । जहाँ एउटा नागरिकले नपाएका विभिन्न अधिकारहरुलाई उठाउन खोजिएको छ । ‘

अनि राजनीतिक सिनेमा भित्र सेक्सी आईटम गीत किन त ? पौडेलले भने,’ नागरिकका विभिन्न आवश्यकतामा एउटा यो पनि हो । महिलाहरु आफ्नो पेट पाल्नका लागि यो पेशा पनि अपनाउँछन् भन्ने देखाउन आईटम गित राखिएको उनको भनाई छ । रेड ४ दशमलब ५ क्यामेराले छायांकन गरीएको नागरिकको अव १० दिनको छायांकन वाँकी रहेको छ । चितवन, नवलपरासी, काठमाण्डौ लगायतका क्षेत्रमा छायांकन गरिएको नागरिकले शहीदहरुको कथालाई समेत उठान गरेको निर्माणपक्षले वताएको छ ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.