कृषि क्षेत्र ५ प्रतिशतले बढ्यो


काठमाडौ, असार ३१ – चालू आर्थिक पर्षमा कृषि क्षेत्र ४ दशमलव ९ प्रतिशतले विस्तार भएको छ । एतिहासिक उत्पादनले गर्दा बढेको कृषि उत्पादनले समग्र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पारेको छ ।

यस वर्ष आर्थिक सर्वेक्षणले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिको योगदान ३५ दशमलव ६८ प्रतिशत रहने अनुमान गरेको छ । अघिल्लो आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषिको योगदान ३७ दशमलव ४३ थियो ।’अर्थतन्त्रमा कृषिको योगदान महत्त्वपूर्ण रह्यो,’ सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘सेवा क्षेत्र बढी विस्तारित भएकाले कृषिको योगदान घटेको देखिएको हो ।’ सर्वेक्षणले जनआन्दोलनपछि कृषि उत्पादन वृद्धि गर्ने कार्यक्रम बढे पनि जीडीपीमा कृषिको योगदान ३२ देखि ३६ प्रतिशत मात्रै रहेको औंल्याएको छ ।सर्वेक्षणले विगतको वर्षको दाँजोमा यस वर्ष सिँचाइ, कृषि कर्जा, रासायनिक मल, उन्नत बीउबिजनको आपूर्तिको अवस्था सन्तोषजनक नरहेको प्रतिवेदनमा लेखेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनको एक तिहाईभन्दा बढी कृषि क्षेत्रले गरेको छ । दुई तिहाईभन्दा बढी जनसंख्या रोजगारी तथा जीविकाका लागि यसमा निर्भर छन् । सर्वेक्षणले अघिल्ला वर्षझंै यस वर्ष पनि निर्वाहमुखी तथा परम्परागत खेतीपातीलाई व्यावसायिक खेतीमा बदल्न नसकेको औंल्याएको छ । यस आर्थिक वर्ष धान, मकै, गहुँ लगायतका मुख्य खाद्य बालीबाट ९४ लाख ५७ हजार ६ सय मेटि्रक टन उत्पादन हुने अनुमान छ । यो अघिल्लो वर्षको दाँजोमा ९ दशमवल ९१ प्रतिशत बढी हो ।मुख्य बाली तथा ५० प्रतिशत हिस्सा ओगट्ने धानबालीको उत्पादन यस वर्ष ६ लाख १२ हजार मेटि्रक टन बढ्न गई ५० लाख ७२ हजार मेटि्रक टन हुने अनुमान छ । यो हालसम्मकै उच्च हो । यस वर्ष असार सकिन लाग्दा देशभर २८ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि विकास मन्त्रालयका सहसचिव हरि दहालका अनुसार, गत बिहीबारसम्म देशभरको आँकडा हेर्दा २८ प्रतिशत भूभागमा धान रोपिएको छ । गत वर्षको यही बेला देशभर ४५ प्रतिशत भागमा धान रोपिएको थियो । प्रवक्तासमेत रहेका दहालका अनुसार यस वर्ष कम रोपाइँ भएका जिल्लामा बाँके, कपिलवस्तु, झापा लगायत छन् । ९० हजार हेक्टर धान खेत रहेको झापामा १५ प्रतिशत मात्रै रोपाइँ भएको छ भने बाँके र कपिलवस्तुमा ७ प्रतिशत मात्रै रोपाइँ भएको छ । तर, सुदूरपश्चिम र कणर्ाली अरू क्षेत्रको दाँजोमा बढी रोपाइँ हुने क्षेत्रमा दरिएका छन् । किनकि यी क्षेत्रमा अरू भागको दाँजोमा धानखेती हुने भाग कम छ । विकास क्षेत्र अनुसार पूर्वाञ्चलमा २३, मध्यमाञ्चलमा २०, पश्चिमाञ्चलमा ३५, मध्यपश्चिममा ३१ र सुदूपश्चिममा ४९ प्रतिशत रोपाइँ भएको मन्त्रालयको जनाएको छ । दहालका अनुसार, सुरु भएर पनि सक्रिय नभएको र १५ दिन ढिलो सुरु भएको मनसुन रोपाइँ ढिलो गराउने मुख्य कारण हो । यसको असर आगामी वर्ष देखिनेछ ।यस वर्ष गत वर्षको दाँजोमा २ प्रतिशतले नगदे बाली बढेको अनुमान छ । यसको उत्पादन ६ प्रतिशतले बढेर ५७ लाख ४८ हजार टन हुनेछ । नगदे बालीमा उखु र आलुको योगदान अग्रस्थानमा छ । यस वर्ष तरकारी बालीको उत्पादन ६ प्रतिशत बढ्दा ३२ लाखबाट ३४ लाख टन हुने अनुमान छ । यतिबेला देशभर बेमौसमी तरकारी खेती बढ्दै गइरहेको छ । त्यसैगरी फलफूल उत्पादन पनि गत वर्षको दाँजोमा ६ दशमलव ५ प्रतिशतले बढेर ८ लाख ८५ हजार टन हुने अनुमान छ । आँप फल्ने वर्ष भएकै यसपालि फलफूलतर्फ केरा खेती र सुन्तला उत्पादन बढेको छ । विगतका वर्षको दाँजोमा गाई, भैंसी र भेडाको संख्या वृद्धि लगभग स्थिर छ । बाख्राको संख्या पछिल्ला २ आर्थिक वर्ष घट्दो छ । कुखुराको संख्या गत वर्षको दाँजोमा १३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष कुखुराको वृद्धिदर ५३ प्रतिशत थियो । दूधालु गाई र भैंसीको संख्या बढेको छ । दूध उत्पादनमा गाईबाट करिब २९ र भैंसीबाट ७१ प्रतिशत योगदान देखिन्छ ।यस वर्ष खेतीयोग्य १५ हजार हेक्टर जमिन प्राकृतिक प्रकोपले प्रभावित भयो । सर्वेक्षणले कृषि उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा घटबढ हुनुका कारणमा मौसम, रासायनिक मल, उन्नत बीउको बिक्री वितरण, उन्नत प्रविधिको अभाव, सिँचाइ र कृषि कर्जा भनेको छ । राष्ट्र बैंकका अनुसार, ६७/६८ मा वाणिज्य बैंकहरूले प्रवाह गरेको कृषि ऋणमध्ये १४ अर्ब २९ करोड असुल गर्न बाँकी थियो । ६७/६८ को पहिलो आठ महिनामा १५ अर्ब १७ करोड वक्यौता थियो । यस वर्षको पहिलो आठ महिनामा वक्यौता २१ दशमवल ९ प्रतिशतले बढेर १८ अर्ब ५० करोड पुगेको छ । यस वर्षको फागुनसम्म कृषि क्षेत्रमा ४३ अर्ब ९ करोड ऋण प्रवाह भएको छ ।कृषि उत्पादनमा आयात/निर्यात यस वर्ष कृषि उत्पादन निर्यात गत वर्षको दाँजोमा ३ दशमलव ५८ प्रतिशतले कम हुने अनुमान छ । अन्तर्राष्ट्रिय स्तरको वर्गीकरण अनुसार, यस वर्षको पहिलो आठ महिना १० अर्ब १२ करोड रुपैयाँको खाद्यवस्तु , जीवजन्तु, सुर्ती र पेयपदार्थको निर्यात भएको थियो । गत वर्षको यही अवधिमा ३८ करोड बढी थियो । गत आर्थिक वर्ष यस समूहको व्यापार घाटा ६६ प्रतिशतले बृद्धि भई १६ अर्ब ५८ करोड ५३ लाख पुगेको थियो ।१ खर्ब २४ अर्ब हाराहारी सहकारीमा बचत राष्ट्रिय विकासका तीन खम्बामध्येको एउटा सहकारी क्षेत्रले वित्तीय विकास, सेवा, उत्पादन, बजार, व्यवस्था, स्वास्थ्य, शिक्षा, यातायात लगायत दुई दर्जनभन्दा बढी क्षेत्रलाई समेटेको छ । यस वर्षको पुससम्मको तथ्यांक नियाल्दा सहकारीमा ३४ लाख ७२ हजारभन्दा बढी सदस्य पुगेका छन् । यसमा ४६ प्रतिशत महिला छन् । आँकडा हेर्दा २४ हजार ९ सय सहकारीमध्ये २ हजार ५ सय बढी सहकारी महिलाले चलाएका छन् । यस क्षेत्रमा ७५ हजारले प्रत्यक्ष रोजगार पाएको अनुमान छ । १ खर्ब २४ अर्ब हाराहारी बचत परिचालन रहेको सहकारीले १ खर्ब ३२ अर्ब बराबर लगानी गरेका छन् । सेयर पुँजी करिब २२ अर्ब पुगेको छ ।  समुदायसँग रहेको सीमित स्रोत, साधन र सीपको उपयोग गरी व्यवसाय गर्ने सामाजिक अर्थ व्यवस्थाका सहकारी महत्त्वपूर्ण विधि मानिन्छ ।

खाद्यान्न बाली लगाएको क्षेत्रफल र उत्पादनको विवरण

                   २०६६/६७                                 २०६७/६८                                            २०६८/६९

खाद्यान्न    क्षेत्रफल    उत्पादन                 क्षेत्रफल    उत्पादन                              क्षेत्रफल    उत्पादन

                    हेक्टर    टन                            हेक्टर    टन                                         हेक्टर    टन

धान    १४८१२८९    ४०२३८२३            १४९६४७६    ४४६०२७८                  १५३१४९३    ५०७२२४९

           (-४.८०)    (-११.०५)                        (१.०३)    (१०.८५                               (२.३)    (१३.७)

मकै    ८७५६६०    १८५५१८४                 ९०६२५३    २०६७६२२                   ८७१३८७    २१७९४१४

               (०.०३)    (-३.९१)                       (३.४९)    (११.४६)                           (-३.८५)    (५.४०)

गहुँ    ७३११३१    १५५६५३९                   ७६७४९९    १७४५८११                 ७६५२७५    १८४६१०७

                (५.२१)    (१५.८३)               (४.९७)    (१२.१६)                                 (-०.२९)    (५.८६)

कोदो    २६८४७३    २९९५२३             २६९८२०    ३०२६९१                            २७८०३०    ३१५०६७

              (०.९७)    (२.३४)                     (०.५०)    (१.०६)                                       (३.०४)    (४.०९)

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.