लोग्नेमान्छे मात्र किन माथि ?


सीता पाण्डे

हिजो एक जना नेताले भने, “जनता र आइमाई भनेका एकै हुन् । मन पर्‍यो भने धनसम्पत्ति त के सम्पूर्ण कुरा दिन, समपर्ण गर्न तयार हुन्छन् अनि मन परेन भने तिनीहरूबाट अलिकति फुस्काउन त के ती जस्ता खतरनाक र घातक जङ्गलको बाघ पनि हुँदैन ।” त्यसो भन्दैगर्दा मन्त्रीसमेत भइसकेका ती सांसदको अनुहार चम्किलो र गर्वपूर्णभावले भरिएको थियो । हुन त उनले यसो भन्दा नजिकै बसिरहेकी मप्रति लक्षित गर्दै हाँस्तै भनेका थिए, “अन्यथा नलिनुहोस है, तपाईँलाई चाहिँ भनेको होइन ।” सुन्नेहरू हाँसे, म पनि हाँसे । उक्ति मलाई उनको मौलिकजस्तो लाग्यो । उनले त्यो कुरा आफ्नो चुनावक्षेत्रका बाढीपीडित जनतालाई खाद्यान्न बाँड्न जिल्ला जाने कार्यक्रमअघि कार्यकर्ताहरूलाई व्यवस्थापन पक्षको सावधानी र सचेतना अपनाउन निर्देशन दिँदै भनेका थिए । किनकि चुनाव आइरहेछ । अहिले, यस बेला जनतालाई राह्रत दिनुभन्दा पनि उनीहरूको भावना र मन जित्नु आवश्यक देखिएको छ । त्यसैले जनतासित व्यवहार गर्दा सावधानी अपनाउनु स्वाभाविक छ ।

यो त भयो ती नेताको कुरा । मलाई कुरो घत लाग्यो । नचाहेरै पनि उनको त्यो भनाइले असर पुर्‍यायो । सोच्न र विचार गर्न थालेँ । हुन त उनले त्यो कुरा हल्का रुपमा भनेका भए तापनि मलाई लाग्यो- यसमा सत्यता धेरै छ । साँच्चै आइमाईहरू मन पर्‍यो भने सम्पूर्ण कुरा दिने मात्र हैन, लुटाइदिन्छन् । पछि त्यही कुराको सानो अंश फिर्ता पाउन जीवनभर माग्नेझैँ उनीहरूलाई पछ्याइरहन्छन् । खटाई-खटाई पुरुषहरूले दिँदा उनीहरूप्रति अनुगृहीत हुन्छन् । यो कुरा लेख्दै गर्दा मलाई एउटा कुरा सम्झना आयो- तराईतिर गरिब, निमुखा थारुहरू ऋण चुक्ता गरिसक्ता पनि, पहिले लिएको धन बुझाइसक्ता पनि मालिकहरूप्रति सदा दबिएका हुन्छन् । हुन त त्यसो भनेर मैले सम्पूर्ण नारीवर्गलाई कमजोर र कम विवेकी भन्न खोजेकी हैनँ तर हाम्रो समाज त्यही रुग्ण मानसिकताले ग्रस्त छ ।

धेरै मान्छे भन्ने गर्छन्- ती अविवाहित नेताले स्त्री-धन र शरीरको राम्रो जानकारी राखेका छन् । रहर र महत्वाकाङ्क्षाका प्रत्येक खुड्किलो उक्लिन आइमाईहरूका कुम समाएका छन्, जीवनभर समाइरहन्छन् । तर पनि उनी कति निघृणी र कृतघ्न रहेछन्, आइमाईका ’boutमा नहिचकिचाई त्यो भन्न सक्तछन् । र, त्यस्तो धारणा राख्नेहरूको संख्या हाम्रो समाजमा कम पनि छैन ।

मलाई लाग्छ, हामी आइमाईहरू कति कमजोर हुने ? किन हुने ? मानिलिउँ- कुनै युवतीलाई कुनै युवक मन पर्‍यो भने के उसले पहिले प्रस्ताव राख्न हुँदैन ? मन पर्‍यो भन्न हुँदैन ? केटीले पहिलो लभ लेटर लेख्न हुँदैन ? किशोरहरूले  LOVE YOU भनेको मात्र कति सुन्ने ? उनीहरूले भन्न किन हिचकिचाउने ? पुरुषबाट मात्र कति बलाकृत हुने ? कुनै पुरुषले मन परायो, चाह्यो भने पहिले अनुरोध र अनुनय गर्छ, भएन भने पछि बल प्रयोग गर्छ । पुरुष त्यसै छोड्नेवाला छैन । ऊ सजिलै हार स्वीकार गर्दैन । तर मैले अहिलेसम्म पढेको, देखेको र सुनेको छैन- स्त्रीले पुरुषलाई बलात्कार गरेको होस् । हुन त त्यो कुरा मेरो जानकारीमा नआएको पनि हुन सक्छ । यदि त्यस्तो भएको छ कतै भने ती सहासी महिलालाई म अभिवादन गर्छु ।

पुरुष मात्र किन जहिले र जहाँ पनि माथि ? प्रेम गर्दा र मायालु भएको बेला पनि ऊ मास्तिरै बसेर वा सुतेर मच्चिने गर्छ । चाहे ऊ सय केजी तौल भएको मोटो, भुस्तिघ्रे होस् र स्वास्नीमान्छे ख्याउटी तथा मरन्च्याँसी किन नहोस् ।

यस प्रसङ्गमा श्रीरामसिंह बस्नेतद्वारा लिखित भर्खरै प्रकाशमा आएको  ’जीवनका लागि यौन’ भन्ने पुस्तकको मलाई सम्झना आयो । जसका केही हरफहरू प्रस्तुत गर्न म यहाँ सान्दर्भिक देख्तछु- “स्त्री र पुरुषहरूबीच सम्भोगक्रिया सम्पन्न हुन पुरुषको लिङ्गको स्थितिमा अनुकूल परिवर्तन अथवा उत्तेजित हुनु अनिवार्य छ । तर स्त्रीको योनीमा कुनै खास परिवर्तन नआइकन पनि पुरुष उत्तेजित छ भने सम्भोग गर्न सक्तछ । अर्थात् पुरुष तयार छ भने स्त्री मात्र पुरुषबाट बलात्कृत हुनुपर्ने स्थिति आएको छ । पुरुषको लिङ्ग उत्तेजित नभई सम्भोग हुन नसक्नेजस्तै स्त्रीमा स्वस्फूर्त परिवर्तन नआई सम्भोगक्रिया’ हुन नसक्ने भइदिएको भए यो संसारमा बलात्कार’ भन्ने कुनै अपराध हुँदैनथ्यो होला । यस प्रसङ्गमा प्रकृतिले नै महिलालाई ठगेको मान्न सकिन्छ । ….महिलाले जबर्जस्ती गरेर, बल प्रयोग गरेर वा डर-त्रास देखाएर पुरुषको लिङ्ग उत्तेजित हुन नसक्ने भएकाले महिलाहरूले चाहेर पनि पुरुषलाई बलात्कार गर्न अर्थात पुरुषको इच्छा बेगर सम्भोगरत हुन सक्तैनन् ।”

उक्त हरफहरू झट्ट पढ्दा कसै-कसैलाई अश्लील र भद्दा लाग्न सक्छ । तर एकछिन घोरिएर विचार गर्ने हो भने यो यथार्थ र सत्य पनि हो । तर श्रीरामसिंह बस्नेतको उक्त भनाईमा मेरो फरक मत के छ भने आइमाईहरूलाई प्रकृतिले नठगेको ठाउँमा पुरुषले ठगेको छ । त भैहाल्यो, सेक्स गर्दा पुरुष उत्तेजित हुनु अनिवार्य छ । तर के स्त्री माथि’ बस्न वा सुत्न सक्तिन ? त्यसले के अन्तर आउन सक्छ ? आए राम्रै आउला ।

केही दिनअघि एक जना साहित्यकार मित्रले एउटा सानो जमघटमा एउटा प्रसङ्ग झिके, “आठ-दस वर्ष बढी उमेरकी आइमाईसितको शारीरिक सम्बन्ध कस्तो हुन्छ होला ? के त्यो स्वाभाविक हुन्छ ?” उनको आशय के त्यसले पूर्णसन्तुष्टि प्रदान गर्न सक्छ ? भनेजस्तो मलाई लाग्यो । त्यसबेला सायद उनी कथाको प्लट सोचिरहेका थिए र स्वाभाविकता ल्याउन त्यस’bout जान्न चाहन्थे । उनका कुरा सुनेर मलाई एकछिन त रिस पनि उठ्यो । मैले अलि अपमानित पनि अनुभव गरेँ । भनेँ, “के पुरुषले स्त्रीको ’boutमा त्यसरी नै कहिल्यै सोच्ने गर्छ ? आठ-दस वर्ष फरकको त के कुरा चालीस वर्षको पुरुष पनि अठार वर्षकी केटीसित सम्पर्क कायम गर्नुलाई स्वाभाविक र न्यायसङ्गत ठान्छ । त्यस किसिमको उमेरको अन्तरले स्त्रीलाई कस्तो अनुभव हुन्छ ? ऊ आनन्दित हुन सक्छे या सक्दिन ? के उसले कहिल्यै यसतर्फ विचार गरेको छ ? अशिक्षित र गाउँलेहरू मात्र होइन शिक्षित र सहरियाहरू पनि धेरैजसो बिहे गर्दा केटीको उमेर आफ्नोभन्दा कमै हुनुपर्छ भन्ने मान्यता राख्तछन् । दस वर्षको अन्तरलाई स्वाभाविकमा होइन, उपयुक्त ठान्छन् । तर दुई-चार वर्ष मात्र पनि केटी जेठी छ भने बिहे गर्न सङ्कोच मान्छन् र नकारात्मक जवाफ दिन्छन् ।”

पुरुषले-हाकिम र मालिकका रुपमा मात्र होइन लोग्ने, बाबु, दाजु, प्रेमी वा छोरा अदि विभिन्न नाता र सम्बन्धभित्र रहेर पनि आइमाईहरूलाई ठगेको छ, होच्याएको छ, दबाएको छ, कज्याएको छ । चाहे आइमाईहरू योग्य र क्षमतावान् नै किन नहुन्, त्यसको सही मूल्य र अवसर पाउनबाट तिनीहरू बेलाबेलामा वञ्चित हुन्छन् ।

सावधान ! यदि सम्पूर्ण आइमाईले विचार गरेर यी कुराहरूलाई प्रतिकार गर्ने हो भने पुरुषहरूको थिचोमिचो, शोषण, अन्याय अत्याचारबाट मुक्त हुन धेरैबेर पनि लाग्नेछैन । ती नेताले भनेजस्तै साँच्चै जनता र आइमाई भनेका खतरनाक पो हुन्छन् !”

Source: Onlinekhabar

2 responses to “लोग्नेमान्छे मात्र किन माथि ?

  1. निकै समय सान्दर्भीक प्रसङ्ग उठाउनु भएको छ साच्चै महिला आफ्नै कारणले गर्दा नै हाम्रो समाजमा पछाडि परेका छन् भन्ने कुरामा दुई मत राख्नु पर्ने अर्को कारण देखिदैन।

  2. सीताजी !तपाइका धेरै कुराहरु सर्ब साधारण समाजको लागि उचित देखिन्छ । तपाईंलाई म नेपालकी ”तसलिमा नासरिन ”नाम राख्छु है !किनकी तसलिमाले लेखेको आईमाईको हकमा भन्ने पुस्तक मैले पढेको छु ठ्याक्कै मिल्दोजुल्दो कुरा मिल्छ । ठिकै छ तपाईंले छुवाछुतका ’boutमा पनि थप समाज सम्याउने काम गर्नु भयो भने तपाईंको कलमले समाजको सलाम पाउने थियो दीपक के० सी० इटहरी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.