नयाँ निर्वाचन नभएसम्म राजनीतिक गतिरोध अन्त्य हुन्न : अध्यक्ष भण्डारी


बर्दिवास, असार ३०- नवगठित राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले नयाँ निर्वाचन नभएसम्म मुलुकको राजनीतिक गतिरोध अन्त्य नहुने बताएका छन् । नयाँ पार्टी गठनपछि पहिलोपटक गृह जिल्ला महोत्तरी आएका अध्यक्ष भण्डारीले हिजव साँझ जिल्लाको पडौलस्थित प्रसिद्ध धार्मिकस्थल कारिख माहाराजस्थानमा आयोजित समारोहमा सो धारणा व्यक्त गरेका हुन् ।निर्वाचनका लागि देखिएका कानुनी समस्या दलहरुले आपसी सहमतिमा निराकरण गर्नुपर्ने उनको भनाइ थियो।मुलुकलाई खास पहिचानसहितको सङ्घीयता आवश्यक भएकाले जननिर्वाचित संविधानसभाले मात्र त्यस्तो संविधान दिनसक्ने उनले स्पष्ट पारे ।

पत्रकारहरुको एक जिज्ञासामा अध्यक्ष भण्डारीले अहिलेको कामचलाउ सरकारको राजीनामा माग्नु आवश्यक नभए पनि मुलुकको बृहत्तर हितलाई ध्यान दिँदै प्रधान मन्त्रीले राष्ट्रिय सहमतिका लागि पद छाडिदिनु उपयुक्त हुने धारणा राखे ।सो अवसरमा पार्टीका केन्द्रीय सदस्य कौशलकुमार राय, महिला नेतृ रेखा यादवलगायतका नेता तथा कार्यकर्ताले पार्टीको भावी नीतिका ’boutमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.