अनेसास कुवेतद्धारा एक बृहत साहित्यीक कार्यक्रम बिच १९९ औं भानु जयन्ति मनाए


शिव पौडेल, कुवेत

अनेसास कुवेत च्याप्टरले हिजो एक बृहत साहित्यीक कार्यक्रम बिच १९९ औं भानु जयन्ति मनाएको थियो । कार्यक्रामा प्रतियोगी र अप्रतियोगीहरुले बिभिन्न रोचकमूलकका साथै भावनात्मक कविताहरु बाचन गरिएका थिए। यसै गरी प्रस्तुत प्रतियोगी कविताहरु विन्दु अधिकारी, छवी राम विक, केदारनाथ खरेल, राजकुमारी याख्खा, बाल कुमार घिमिरे, विनिता भण्डारी, राजेन्द्र विरही, जानुका विक, भूवन सुबेदी , धन बहादुर, डिआर लामिछने, ठाकुर पौडेल, डोलराज न्यैपाने लगायतले बाचन गरेका थिए ।

कविता प्रतियोगितामा प्रथम राजेन्द्र विरही, दितिय विनीता भण्डारी ,तेश्रो जानुका जानुले आफ्नो हात पार्न सफल हुनुभएको छ। उक्त प्रतियोगितामा छबीराम विक र विन्दु अधिकारीले सान्तवना पुरस्कार प्राप्त गरेका थिए।  नेपाली दुतावासका सहचारी भुवन पौडेल, बुद्धिजीवी किरण पौडेल र पत्रकार सुजन केसी रहेको निर्णायक मण्डलीले प्रतियोगी कविताका विजेता चयन गरेको थियो । पुरस्कृत कवि तथा कबयात्रीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पुष्पराज भटटराई द्धारा पुरस्कार प्रदान गरिएको थियो ।

जीलिप स्थित रिदम हलमा भएको भानु जयन्ति समारोहमा अनेसास कुवेत च्याप्टरले कलमको माध्यामबाट नेपाली समाजको सेवा गर्ने पत्रकार र गीत संगितका माध्यामद्धारा मनोरन्जन पस्कने कलाकारहरुलाई सम्मान गरेको थियो । यसरी सम्मानित हुनेहरुमा पत्रकार सुजन केसी, तोयानाथ दाहाल, हरिकृष्ण न्यैपाने, आरवी बुढाथोकी, नबराज पन्थि, आनन्द आर्चाय,मनोज काफ्ले, बालकृष्ण घिमिरे, अर्जुन बस्नेत, भूवन सुवेदी, छत्र कार्की, जय आले, अर्जुन भूसाल, शिवराम पौडेल, डम्बर रिमाल, केदारनाथ खरेल र लोमस बास्तोला रहेका थिए भने कलाकारहरु राजेन्द्र विरही, मनोज काफ्ले मनसुन, विवी मल्ल, डिवी लोप्चन र माधब शर्मा रहेका थिए । सवैलाई कदर पत्र र ढाका टोपी प्रमुख अतिथीद्धारा दिएको थियो ।

अनेसास कुवेत च्याप्टर अध्यक्ष राजन रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई स्वागत अनेसासका उपाध्यक्ष आनन्द आर्चायले स्वागत गर्नु भएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरुमा बुद्धिजीवी किरण पौडेल, जनजाग्रिती समाजका अध्यक्ष दिपक क्षेत्री, दुतावासका नब कर्मचारी राम विनय राय, भूवन पौडेल, सुजन केसी, भूवन सुवेदी लगायत हुनुहुन्थयो । कार्यक्रमको ’boutमा मनोज काफ्ले मनसुनले भानु सम्बन्धि चर्चा गर्नु भएको थियो  कार्यक्रम पत्रकार तोयानाथ उपेक्षितद्धारा संन्चालित थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.