Daily Archives: 14/07/2012

आँखाको नानी ….


जितेन  थिङ् , कुवेत

आँखाको नानी, परिवारको माया मन भरी बोकेर
घर छोडि हिंड्नु बाध्यता मेरो मुग्लान रोजेर।
अमन चयन भबिष्यको मैले त्यसैमा साचेको
बिबस्ता र बाध्यता कसले पो बुझ्छ, मरी मरी बाचेको।। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

हार्दिक बधाई !!!


माउन्ट एभरेष्ट स्पोर्टिङ् क्लवको कार्यकारीणी समितिकी सदस्य  डोल्मा शेर्पा ज्युको पोखरा निवासी सविन मगर सँग हिजो शुक्रबार शुभ-विवाह सम्पन्न भएकोमा हामी सम्पूर्ण माउन्ट एभरेष्ट क्लव परिवार वहाँहरुको शुभ-विवाह सु-सम्पन्न भएकोमा धेरै धेरै बधाई दिँदै सुखद तथा सफल दाम्पत्य जिबनको लागि हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछौँ । पढ्नेक्रम जारी राख्नुहोस्

नयाँ निर्वाचन नभएसम्म राजनीतिक गतिरोध अन्त्य हुन्न : अध्यक्ष भण्डारी


बर्दिवास, असार ३०- नवगठित राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले नयाँ निर्वाचन नभएसम्म मुलुकको राजनीतिक गतिरोध अन्त्य नहुने बताएका छन् । नयाँ पार्टी गठनपछि पहिलोपटक गृह जिल्ला महोत्तरी आएका अध्यक्ष भण्डारीले हिजव साँझ जिल्लाको पडौलस्थित प्रसिद्ध धार्मिकस्थल कारिख माहाराजस्थानमा आयोजित समारोहमा सो धारणा व्यक्त गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

मोहन बैद्य भोली चीन जाने


३० असार, काठमाण्डौं -नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य छिमेकी राष्ट्र चीनको भ्रमणमा जानुहुने भएको छ । नयाँ पार्टी गठन गरेपछि बैद्यको यो नै पहिलो विदेश भ्रमण हो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा उहाँ आइतबार त्यसतर्फ जानुहुने कार्यक्रम तय भएको नेकपा-माओवादले जनाएको छ । वैद्यसंगै पार्टी विदेश विभाग प्रमुख इन्द्रमोहन सिग्देल पनि चीन जाने कार्यक्रम तय गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

लोग्नेमान्छे मात्र किन माथि ?


सीता पाण्डे

हिजो एक जना नेताले भने, “जनता र आइमाई भनेका एकै हुन् । मन पर्‍यो भने धनसम्पत्ति त के सम्पूर्ण कुरा दिन, समपर्ण गर्न तयार हुन्छन् अनि मन परेन भने तिनीहरूबाट अलिकति फुस्काउन त के ती जस्ता खतरनाक र घातक जङ्गलको बाघ पनि हुँदैन ।” त्यसो भन्दैगर्दा मन्त्रीसमेत भइसकेका ती सांसदको अनुहार चम्किलो र गर्वपूर्णभावले भरिएको थियो । हुन त उनले यसो भन्दा नजिकै बसिरहेकी मप्रति लक्षित गर्दै हाँस्तै भनेका थिए, “अन्यथा नलिनुहोस है, तपाईँलाई चाहिँ भनेको होइन ।” सुन्नेहरू हाँसे, म पनि हाँसे । पढ्नेक्रम जारी राख्नुहोस्

अनेसास कुवेतद्धारा एक बृहत साहित्यीक कार्यक्रम बिच १९९ औं भानु जयन्ति मनाए


शिव पौडेल, कुवेत

अनेसास कुवेत च्याप्टरले हिजो एक बृहत साहित्यीक कार्यक्रम बिच १९९ औं भानु जयन्ति मनाएको थियो । कार्यक्रामा प्रतियोगी र अप्रतियोगीहरुले बिभिन्न रोचकमूलकका साथै भावनात्मक कविताहरु बाचन गरिएका थिए। यसै गरी प्रस्तुत प्रतियोगी कविताहरु विन्दु अधिकारी, छवी राम विक, केदारनाथ खरेल, राजकुमारी याख्खा, बाल कुमार घिमिरे, विनिता भण्डारी, राजेन्द्र विरही, जानुका विक, भूवन सुबेदी , धन बहादुर, डिआर लामिछने, ठाकुर पौडेल, डोलराज न्यैपाने लगायतले बाचन गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्