म्याग्दीमा पहिरोले पाँच घर बगायो


बेनी-जोमसोम सडक अवरुद्ध-
दिलीप पौडेल, बाग्लुङ, असार २९ – अविरल बर्षासँगै आएको पहिरोले म्याग्दीमा पाँच घर बगाएको छ। गएरातिदेखि आएको अविरल वर्षाले शुक्रबार विहान दोवा गाविसका तीन र भुरुङ तातोपानीमा दुई घर गरी पाँच घर बगाएको हो। दोवा-९मा कप्रसाद पूर्जाको घर गोठ सहित पाँच गाई, दोवा बगरका नविन पुन र चुमाया राम्जालीको घर बगाएको घटनास्थल पुगेका नेपाल पत्रकार महासंघ म्याग्दीका सभापति सुरद के.सी.ले बताए। सोही स्थानको कृष्ण प्रा.वि. जोखिममा रहेको छ। त्यसैगरी भुरुङ तातोपानी कचुन्डेमा गोपाल पुन र धने पुनको घर बगाएको छ।
वर्षाले बेनी-जोमसोम सडक अबरुद्ध भएको छ। नदीले सडक कटान गरेकोले यातायात सेवा अबरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ज्ञवालीले बताए। घटनास्थलतर्फ प्रजिअ ज्ञवालीको नेतृत्वमा प्रहरी र सेनाको टोली गएको छ। विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ ज्ञवालीले बताए।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.