घनश्याम खड्का
काठमाडौ, असार २९ – त्रिभुवन अन्तर्राष्ट्रियसँगै थप १५ आन्तरिक विमानस्थलको स्तरोन्नति र विकासको जिम्मा दिन भारतीय कम्पनीले प्रस्ताव गरेको खुलासा भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन भारतीय कम्पनी आईएल एन्ड एफएसलाई दिने सरकारको तयारीका विरुद्ध परेको रिटको सुनुवाइका क्रममा सर्वोच्च अदालतले अहिलेसम्म भए-गरेका कागजपत्र झिकाएपछि उक्त तथ्य खुलेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/07/2012
भारतीय कम्पनीले थप १५ विमानस्थल मागेको खुलासा
कुकुरले किन चपाउँछ हड्डी ?
वैज्ञानिकहरुले कुकुरले मासु खानमात्र नभएर हड्डी चपाउन समेत मरिहत्ते गर्नुको कारण पत्ता लगाएको दाबी गरेका छन् । क्यानडाका शोधकर्ताहरुले कुकुरको हड्डी चपाउने आदतका विषयमा वैज्ञानिक कारण पत्ता लगाएको दाबी गरेका हुन् ।ओटावा सहरमा भएको क्रमविकाश जिवविज्ञान विषयको सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै शोधकर्ता डाक्टर जोआओ मुनोज डोरानले झण्डै ८० लाख वर्ष पहिले शिकार पक्रिनका लागि कुकुरमा यो बानीको विकाश भएको र विस्तारै-विस्तारै कुकुरमा सिकार गर्नुका साथै हड्डी चपाउने बानी वंशाणुगत गुणका रुपमा विकाश भएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो
हेर्नुस त कतै तपाईको पासवर्ड त लिक भएको छैन ?
अमेरिकी इन्टेरनेट फर्म याहूका लाखौं प्रयोगकर्ताको पासवर्ड ह्याकरहरुले लीक गरेका छन् । याहूका ४ लाख ५३ हजार भन्दा बढी प्रयोगकर्ताको पासवर्डलाई ह्याकरहरुले अनलाइनमा नै पोष्ट गरिदिएका छन् । समाचारहरुमा जनाइए अनुसार याहूसँगै जीमेलसहितका वेबसाइटका प्रयोगकर्ताह्रु पनि प्रभावित हुनसक्छन् । आफूलाई बताउने समूहले यसको जिम्मेबारी लिएको छ । साइबस विज्ञहरुले प्रयोगकर्ताहरुलाई आफ्नो पासवोर्ड परिवर्तन गर्न सल्लाहदिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, सन्देश
बैंककै नीतिले बैंकिङ खस्क्यो : सर्वेक्षण
काठमाडौं, असार २९ -वित्तीय संस्थाको आर्थिक हैसियत खराब हुनुमा सम्बन्धित बैंकको नीति सबैभन्दा बढी जिम्मेवार रहेको सर्वेक्षणले देखाएको छ। नागरिकन्युजडटकमले यो साता गरेको सर्वेक्षणमा सहभागी भएकामध्ये ७८ प्रतिशतले बैंकको आर्थिक स्वास्थ्य खराब हुनुमा उनीहरूले अवलम्बन गरेको नीति प्रमुख कारण रहेको जनाए। बैंकको अवस्था खराब हुनुमा ८ प्रतिशतले ऋणी र १४ प्रतिशतले नेपाल राष्ट्र बैंक जिम्मेवार रहेको मत प्रकट गरे। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र
म्याग्दीमा पहिरोले पाँच घर बगायो
बेनी-जोमसोम सडक अवरुद्ध-
दिलीप पौडेल, बाग्लुङ, असार २९ – अविरल बर्षासँगै आएको पहिरोले म्याग्दीमा पाँच घर बगाएको छ। गएरातिदेखि आएको अविरल वर्षाले शुक्रबार विहान दोवा गाविसका तीन र भुरुङ तातोपानीमा दुई घर गरी पाँच घर बगाएको हो। दोवा-९मा कप्रसाद पूर्जाको घर गोठ सहित पाँच गाई, दोवा बगरका नविन पुन र चुमाया राम्जालीको घर बगाएको घटनास्थल पुगेका नेपाल पत्रकार महासंघ म्याग्दीका सभापति सुरद के.सी.ले बताए। सोही स्थानको कृष्ण प्रा.वि. जोखिममा रहेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, नेपाल समाचार